Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ: मन्त्री भण्डारी

खबरडबली संवाददाता

जानकी ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक भएको बताएका छन् । सरकार यसमा जोड दिन  तयार रहेको उनले उल्लेख गरे ।

बाँके उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले ठूला र मझौला उद्योगलाई संरक्षण गर्न सकेमा नेपालले अर्थतन्त्रमा नसोचेको फड्को मार्ने धारणा व्यक्त गरे । उनले रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व भएको उल्लेख गर्दै लगानी प्रवर्द्र्धनमा सरकार गम्भीर भएको बताए । सरकार प्रतिस्थापन र निर्यात प्रवर्द्र्धधनमा केन्द्रित रहेर काम गरिरहेको मन्त्री भण्डारीले बताए । 

बाँकेको नौवस्तामा निर्माण हुन गइरहेको औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा परेको उनको भनाइ थियो । उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वसर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री भण्डारीले बताए ।

नौवस्ता औद्योगिक क्षेत्र विकास लिमिटेडका नाममा रहेको जग्गाको केही भागमा अव्यवस्थित रुपमा बस्दै आएका बसोबासीकै कारण लामो समयदेखि विवाद हुँदै आएको उक्त क्षेत्रमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका बसोबासीहरुलाई व्यवस्थित गर्न स्थानीय सरकार र प्रदेशका सांसदहरुको सहयोगमा मन्त्रालयमा छलफल गरेर विवादित क्षेत्रलाई छाडेर अन्यत्र व्यवस्थापन गर्ने विषयमा सहमति भएको मन्त्री भण्डारीले जानकारी दिए ।

मन्त्री भण्डारीले आजै नेपालगन्ज उप–महानगरपालिका–१८ स्थित स्टार पोलिपाइप इन्डष्ट्रिज प्रालिको उद्घाटन समेत गरे । निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने सो अवसरमा उनले प्रतिबद्धता जनाए । प्रालिका अध्यक्ष कमल कार्कीले करिब रु ६५ करोडको लागतमा सञ्चालित उद्योगले उत्पादन थालेको जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending