Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनु आवश्यक छ’

खबरडबली संवाददाता

अजरबैजन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्वन व्यापारलाई अझै थप प्रभावकारी बनाउनका लागि विश्व बैंकको सहयोग आवश्यक रहेको बताएका छन् । 

अरजरबैजानको बाकुमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रको २९ औँ सम्मेलन (कोप–२९) सम्मेलनमा भाग लिन अजरबैजन रहेका मन्त्री ठकुरीले विश्व बैंकसँगको द्विपक्षीय कार्वन व्यापारको बजार सुनिश्चिता हुनुपर्ने समेत बताए । 

विश्व बैंकको सहयोगले लामो समयदेखि पूर्वाधार विकास, वनको विकास तथा संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण तथा क्षमता अभिवृद्धिलगायत क्षेत्रमा सहयोग तथा सामुदायिक वनको क्षेत्रमा ३० वर्षदेखि सहयोग पुर्‍याउँदै आएको उनले बताए । 

मन्त्री ठकुरीले भने, “जलवायू परिवर्तनका कारण हुने क्षति न्यूनीकरण गर्न सेफगार्डको महत्त्वपूर्ण भूमिका छ । बैंकले सामाजिक र वातावरणीय सुरक्षाका क्षेत्रमा गरेको योगदान सराहनीय छ र थप सहयोगको अपेक्षा गरेको हो ।” मन्त्री ठकुरीका अनुसार नेपालको हरित गृह ग्यास उत्सर्जनमा अत्यन्तै न्यून योगदान रहेता पनि जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोग्ने राष्ट्रमध्ये पर्दछ । 

सन् २०४५ सम्ममा नेपालले हरित गृह ग्यासको पर्दछ । उनले उत्सर्जन शून्य पार्ने महत्वाकांक्षी लक्ष्य लिएको र यसका लागि उत्सर्जन न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम नेपालका प्राथमिकताका क्षेत्र हुने बताए । विश्व बैंकसँग राष्ट्रिय निर्धारित योगदान, राष्ट्रिय अनुकूलन योजना  कार्यान्वयनका लागि सहयोगको अपेक्षा गर्दै मन्त्री ठकुरीले नेपालमा कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनसमेत सहयोगको अपेक्षा गरेको बताए । 

“नेपालमा जलवायु परिवर्तनका करिव ५० वटा अधिकार स्थानीय तहको क्षेत्राधिकारभित्र पर्दछन्, त्यसको कार्यान्वयनको लागि स्थानीय तहको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेकाले डेडिटेटेड सहयोग र परियोजना पनि आवश्यक परेको छ,” मन्त्री ठकुरीले भने, “पर्यटन नेपालमा फस्टाउँदै गइरहेको र निजी क्षेत्रलाई आवद्ध गरी प्रकृतिमा आधारित पर्यटनका लागि हामीलाई सहयोग आवश्यकता रहेको छ ।”

उनले वनमा आधारित उद्यमशीलता र कार्बन व्यापारका लागि नवीन दृष्टिकोणरूमा सहकार्यको अपेक्षा राख्दै दिगो विकास र जलवायुकार्यमा विश्व बैंकसँगको साझेदारीलाई थप मजबुत बनाउने नेपालको प्रतिबद्धता रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending