Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनु आवश्यक छ’

खबरडबली संवाददाता

अजरबैजन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्वन व्यापारलाई अझै थप प्रभावकारी बनाउनका लागि विश्व बैंकको सहयोग आवश्यक रहेको बताएका छन् । 

अरजरबैजानको बाकुमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रको २९ औँ सम्मेलन (कोप–२९) सम्मेलनमा भाग लिन अजरबैजन रहेका मन्त्री ठकुरीले विश्व बैंकसँगको द्विपक्षीय कार्वन व्यापारको बजार सुनिश्चिता हुनुपर्ने समेत बताए । 

विश्व बैंकको सहयोगले लामो समयदेखि पूर्वाधार विकास, वनको विकास तथा संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण तथा क्षमता अभिवृद्धिलगायत क्षेत्रमा सहयोग तथा सामुदायिक वनको क्षेत्रमा ३० वर्षदेखि सहयोग पुर्‍याउँदै आएको उनले बताए । 

मन्त्री ठकुरीले भने, “जलवायू परिवर्तनका कारण हुने क्षति न्यूनीकरण गर्न सेफगार्डको महत्त्वपूर्ण भूमिका छ । बैंकले सामाजिक र वातावरणीय सुरक्षाका क्षेत्रमा गरेको योगदान सराहनीय छ र थप सहयोगको अपेक्षा गरेको हो ।” मन्त्री ठकुरीका अनुसार नेपालको हरित गृह ग्यास उत्सर्जनमा अत्यन्तै न्यून योगदान रहेता पनि जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोग्ने राष्ट्रमध्ये पर्दछ । 

सन् २०४५ सम्ममा नेपालले हरित गृह ग्यासको पर्दछ । उनले उत्सर्जन शून्य पार्ने महत्वाकांक्षी लक्ष्य लिएको र यसका लागि उत्सर्जन न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम नेपालका प्राथमिकताका क्षेत्र हुने बताए । विश्व बैंकसँग राष्ट्रिय निर्धारित योगदान, राष्ट्रिय अनुकूलन योजना  कार्यान्वयनका लागि सहयोगको अपेक्षा गर्दै मन्त्री ठकुरीले नेपालमा कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनसमेत सहयोगको अपेक्षा गरेको बताए । 

“नेपालमा जलवायु परिवर्तनका करिव ५० वटा अधिकार स्थानीय तहको क्षेत्राधिकारभित्र पर्दछन्, त्यसको कार्यान्वयनको लागि स्थानीय तहको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेकाले डेडिटेटेड सहयोग र परियोजना पनि आवश्यक परेको छ,” मन्त्री ठकुरीले भने, “पर्यटन नेपालमा फस्टाउँदै गइरहेको र निजी क्षेत्रलाई आवद्ध गरी प्रकृतिमा आधारित पर्यटनका लागि हामीलाई सहयोग आवश्यकता रहेको छ ।”

उनले वनमा आधारित उद्यमशीलता र कार्बन व्यापारका लागि नवीन दृष्टिकोणरूमा सहकार्यको अपेक्षा राख्दै दिगो विकास र जलवायुकार्यमा विश्व बैंकसँगको साझेदारीलाई थप मजबुत बनाउने नेपालको प्रतिबद्धता रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: