माेरङ । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरी शनिश्चरे २ मा शनिबार दिउँसो टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे–२ सुनझोडा पुलमा दिउँसो साढे २ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको हो ।
मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदाम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको दाहालले बताए । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुबैजनालाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवम ट्रमा सेन्टर लगिएको थियो । शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनाको उपचारका क्रममा ३ः२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै जनाको शव पोष्टमार्टमका लागि अस्पताल मै राखिएको छ ।
दुर्घटना लगत्तै प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । क्षतिग्रस्त मोटरसाइकल पनि प्रहरीकै नियन्त्रणमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...
पौष ५ गते, २०८२ - १९:२९
गाजा । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन् ...
पौष ५ गते, २०८२ - १९:२७
बोगोटा । कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा सात जना सैनिकको मृत्यु भएको छ भने ३० जना घ...
पौष ५ गते, २०८२ - १९:२३
मस्को । रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष तालिमप्राप्त जनशक्तिको आवश्यकता रहेको रूसी उद्योग तथा व्यापार मन्त्रालयले जनाएको छ । मन्त्र...
पौष ५ गते, २०८२ - १९:२१
संयुक्त राष्ट्र । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सुडानमा संयुक्त राष्ट्रको रसद केन्द्रमाथि गरिएको विस्फोटक आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । उक्त...
पौष ५ गते, २०८२ - १९:०९
वासिङ्टन । अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रति...
पौष ५ गते, २०८२ - १९:०५
नयाँदिल्ली । उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शन...
पौष ५ गते, २०८२ - १९:०२
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका सातवटा वडा कार्यालयहरू अझै पनि आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्न बाध्य छन्। उपमहानगरका वडा नम्बर ४, ५,...
पौष ५ गते, २०८२ - १८:५९
मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ । हिउ...
पौष ५ गते, २०८२ - १८:५७
गुल्मी । राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह सन्तोषजनक देखिए पनि जनशक्ति अभाव, बजेट न्यूनता र प्रविधिगत समस्याक...




प्रतिकृया लेख्नुहोस्: