काठमाडौं । आगामी फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा अनमोल केसी र दयाहाङ राई आमने सामने हुने भएका छन् । अनमोल र दयाहाङका फिल्म फागुन २ गते एकसाथ रिलिज हुने भएपछि दुवै सुपरस्टार आमने सामने हुने भएका हुन् ।
अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘दुःखी आत्मा’ र अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । शुक्रबार ‘दुःखी आत्मा’ले फागुन २ गतेलाई प्रदर्शन मिति घोषणा गरेपछि दुवै सुपरस्टारको भिडन्त तय भएको हो ।
यसअघि ‘जेरी अन टप’ को निर्माण टिमले छायांकनमा जानुभन्दा अघि नै ‘भ्यालेन्टाइन डे’ को रिलिज मिति घोषणा गरेको थियो । अहिले यो फिल्म छायांकनमा रहेको छ । त्यस्तै ‘दुःखी आत्मा’ भने छायांकन सकिएर यतिबेला पोस्ट प्रोडक्सनमा रहेको छ ।
दयाहाङ र अनमोलबीच बक्स अफिसमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको भएपनि दुवै फिल्ममा प्रमुख भूमिकामा रहेकी अभिनेत्री आँचल शर्मालाई भने सकस हुने भएको छ ।
निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुःखी आत्मा’ मा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतको अभिनय छ ।
त्यस्तै फिल्म ‘जेरी अन टप’ मा अनमोलसँगै केदार घिमिरे (माग्ने बुढा), विपना थापा, अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ लगायतको अभिनय रहेको छ । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतको पनि अभिनय रहको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: