भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बुधबारको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बुधबार बिहान सवा १० बजेदेखि करिब ८ घण्टा बयान लिइएको थियो ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरुको टोलीले दोस्रो दिन लिएको बयान सकिएको छ भने अब विहिबार बिहान १० बजेदेखि पुन: बयान लिइने भएको छ । मंगलबारको बयान सकेर निस्किने क्रममा लामिछानेले ‘बाघ खोरमा थुनेर स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि बुधबार भने उनलाई बोल्न नमिल्ने गरि सुरक्षाकर्मीले घेरा हालेर बाहिर निकालेका थिए । लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको छुट्टै हिरासत कक्षमा राखिएको छ ।
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - २०:५२
सोलुखुम्बु । विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ठगी कार्यमा संलग्न २ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोलुदुधकुण्ड नगरपालिका...
मंसिर २० गते, २०८१ - २०:३४
काठमाडाैं । हत्या गरेको अपराधमा १४ वर्षदेखि फरार एक महिला पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोलखा बैतेश्वर– १ घर भएकी ४७ वर्षी...
मंसिर २० गते, २०८१ - २०:३०
काठमाडौँ । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ग...
मंसिर २० गते, २०८१ - २०:१३
काठमाडौं । छिमेकी देश चीनकाे भ्रमण सकेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले १४ बुँदे प्रेस नाेट जारी गरेका छन् । चिनियाँ प्रधानमन्त्री लि छियाङको न...
मंसिर २० गते, २०८१ - २०:०२
काठमाडौं । नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्न...
मंसिर २० गते, २०८१ - १९:५९
रामपुर । नागरिकका गुनासो र अपेक्षा सङ्कलन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले ‘जनप्रतिनिधिसँग संवाद’ कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले १० वटै वड...
मंसिर २० गते, २०८१ - १९:५५
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन...
मंसिर २० गते, २०८१ - १९:५०
भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् । भैरहवामा आजदेखि सुरु भ...
मंसिर २० गते, २०८१ - १९:४३
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा सरकारविरुद्ध खवरदारी गर्ने भएकाे छ । माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठ...
मंसिर २० गते, २०८१ - १९:०७
पाँचथर । ११औँ संस्करणको फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि दोब्बरभन्दा बढीले वृद्धि भएको छ । आयोजक फिदिम रिपोर्टिङ क्लबले सदरमुकाम फिदिममा पत्रकार सम्...
प्रतिकृया लेख्नुहोस्: