जकार्ता । एन्डोनेसियाको लेवोटोबी ज्वालामुखी विस्पोटपछि अस्ट्रेलिया, हङकङ, भारत, मलेसिया र सिङ्गापुरलगाएतका एयरलाइन्सहरूले बुधबार इन्डोनेसियाको रिसोर्ट टापु बाली जाने उडानहरू रद्द गरेका छन् । ज्वालामुखीले विमानस्थल नजिकैको आकाशको केही किलोमिटर टाढादेखि खरानीले टावरलाई ढाकेपछि उडानहरु रद्द गरिएको एयरलाइन्सहरूले जनाएका छन् ।
अष्ट्रेलियाको जेटस्टार, क्वान्टास र भर्जिन अष्ट्रेलियाले फ्लोरेस टापुको माउन्ट लेवोटोबी लाकी–लाकीले एक दिन अघि सबै उडानहरू रद्द गरेका थिए । मलेसिया एयरलाइन्स, एयरएशिया, भारतीय इन्डिगो र सिङ्गापुरको स्कुट एयरलाइन्सले पनि बुधबार उडानहरू रद्द गरेको एएफपीलाई प्राप्त सूचनामा उल्लेख छ ।
हवाई मार्गको वरपर ज्वालामुखीको खरानी फैलिएका कारण विमानको सुरक्षित सञ्चालनमा खतरा खडा भएपछि उडान रद्द गर्ने घोषणा एयर एशियाले जनाएको छ । हालैका हप्ताहरूमा एक हजार ७०३ मिटरको उचाइबाट ज्वालामुखी विस्फोट हुँदा नौ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएको तथा ११ हजारभन्दा बढी प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको इन्डोनेसियाको प्रकोप न्युनिकरण निकायले जनाएको छ ।
विष्फोटपछि उडेको खरानी र धुलोले विमानको शिशा र हवाई मार्गलाई छेक्ने र विमान उडानका लागि आवश्यक भिजिविलिटी कम हुने जोखिम रहने र धुलाले इन्जिनहरूलाई क्षतिसमेत पुर्याउन सक्ने जनाइएको छ । यसैगरी, हङकङको क्याथे प्यासिफिक एयरलायन्सले पनि बिहीबारसम्म बाली जाने र त्यहाँबाट फिर्ता हुने उडानहरू रद्द गरिएको जनाएको छ ।
इन्डोनेसियामा ज्वालामुखीको प्रभावका कारण अस्ट्रेलियाले हालको उडान तालिकामा केही परिवर्तन गरेको तथा सिड्नी र मेलबर्नका लागि तय गरिएका उडानहरू रद्द गरिएको जनाएको छ । जेटस्टारले बाली जाने सबै उडानहरू बिहीबार दिउँसोसम्म रोकिने बताएको छ । इन्डोनेसियामा माउन्ट लेवोटोबीमा ज्वालामुखी विस्फोटका कारण कारण उडानहरू सुरक्षित नभएकाले उडान बन्द गरेको जेटस्टार कम्पनीले जनाएको छ । लेवोटोबीबाट आएको ज्वालामुखीको खरानीका कारण बालीको डेनपासर विमानस्थल जाने उडानहरू अवरुद्ध भएको क्वान्टासले पनि जनाएको छ ।
मलेसिया एयरलाइन्सले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधबार छ वटा उडानहरू रद्द गरेको जनाएको छ । एयरलाइन्सले ज्वालामुखीको अवस्थाको निगरानी गरी उडानहरू अद्यावधिक गराउने जनाएको छ । बालीको अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक अहमद स्योगी साहाबले विस्पोटका कारण मङ्लबार १२ वटा आन्तरिक तथा २२ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताएका छन् । यसैबीच, बालीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शाखाले बुधबार आफ्नो हवाई क्षेत्रमा परीक्षण गर्दा ज्वालामुखीको हानीकारक खरानी फेला नपरेको उल्लेख गर्दै विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: