सुनसरी । सुनसरीको नेपाल भारत सीमामा दुईदेशीय सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्तिक १३ गतेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सीमामा सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा सुरु भएको हो ।
सुनसरी जिल्लासँग जोडिएको भारतीय सीमा नाका तथा सीमा स्तम्भको अनुगमन, सीमा सुरक्षा, सीमा अपराध, स्थानीय जनताको पिरमर्का लगायतका विषयमा सीमा पैदल यात्रा सुरु गरेको जनाएको छ । सीमा पैदल यात्रासँगै सीमाका सरोकारवाला निकायहरू, स्थानीय जनप्रतिनिधिहरू, भद्रभलादमी तथा सहयोगीहरूसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
तिम्सिनाका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू भगवती दल गण इटहरीका निमित्त सेनानी चन्द्र कुमार आले, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड.क्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उप.अनुसन्धान निरीक्षक तुलसी कट्टेल, जनप्रतिनिधि, बुद्धिजीवी तथा भारतीय सीमा सुरक्षा बलका प्रमुख पशुपति कुमार सिंह समेतको उपस्थितिमा ६ दिने सीमा गस्ती सुरु गरेको हो ।
सुनसरीको बर्जु गाउँपालिका ३ बाट दोस्रो सीमा पैदल यात्रा सुरु भएको प्रजिअ तिवारीले बताए । उनले सीमाको समस्या र नागरिकसँगको समन्वय तथा सीमा पारीका सुरक्षा अधिकारीसँगको सहकार्यमा शान्ति सुरक्षा, सीमा अपराध न्यूनीकरणका लागि यात्रा सुरु गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: