Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

यसवर्ष मधेशमा १५ लाख मेट्रिकटन धान उत्पादन हुने

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशमा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । मधेशभरिका आठ वटै जिल्लाका गरी गत वर्षको तुलामा यस वर्ष कूल दुई लाख पाँच हजार २५१ मेट्रिक टन बढी धान उत्पादन हुने जनाएको छ । 

गत आर्थिक वर्ष २०८०/२०८१ मा १२ लाख ९६ हजार ६०७ मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०८१/०८२ मा १५ लाख दुई हजार ४५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताए । 

गत वर्षभन्दा चालु वर्षमा बढी हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा चालु वर्षमा पाँच हजार २६४ दशमलव पाँच हेक्टर क्षेत्रफल बढीमा धानबाली लगाएको उनले जानकारी दिए । आर्थिक वर्ष ०८०/०८१ मा तीन लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा धानबाली लगाएको थियो भने चालु आर्थिक वर्षमा तीन लाख ७५ हजार ६१४ दशमलव पाँच हेक्टर क्षेत्रफलमा धान रोपेको उनले जानकारी दिए । 

धानबाली लगाएको क्षेत्रफल र उत्पादन हुने अनुमान गरिएको आधारमा चालु वर्षमा ०.५ (शून्य दशमलव पाँच) मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि हुने देखिएको छ । गत वर्ष तीन दशमलव ५० मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो भने यस वर्ष प्रति हेक्टर चार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । 

धानबाली रोपेको क्षेत्रफलको हिसाबले सबभन्दा बढी सप्तरीमा ६५ हजार २८० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । यहाँ सबभन्दा बढी दुई लाख ६१ हजार १२० मेट्रिक टन धान उत्पादन हुने अनुमान पनि गरिएको छ । सबभन्दा कम रौतहटमा ३७ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यहाँ रोपिएको धानबालीबाट एक लाख ५० हजार ४८० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । 

मधेश प्रदेशका कृषि विकास निर्देशनालयका अनुसार मधेशको पर्सामा ४६ हजार १८७ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीबाट एक लाख ८४ हजार ७४९ दशमलव मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । यस्तै, रौतहटमा ३७ हजार ६२० हेक्टर क्षेत्रफलबाट एक लाख ५० हजार ४८०, सर्लाहीमा ४५ हजार ५४० हेक्टर क्षेत्रफल धानबालीबाट एक लाख ८२ हजार १६० मेट्रिक टन, धनुषामा ४१ हजार ५६५ हेक्टर क्षेत्रफल धानबालीबाट एक लाख ६६ हजार २६० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको सो निर्देशनालयले जनाएको छ ।

यसैगरी, महोत्तरीमा ४१ हजार ९४२ दशमलव पाँच हेक्टर क्षेत्रफलमा लगाएको धानबालीबाट एक लाख ६७ हजार ७७० मेट्रिक टन, सिरहामा ५२ हजार ३८० हेक्टर क्षेत्रफलबाट दुई लाख नौ हजार ५२० मेट्रिक टन, सप्तरीमा ६५ हजार २८० हेक्टर क्षेत्रफलमा दुई लाख ६१ हजार १२० मेट्रिक टन, र बारामा ४५ हजार ९९ दशमलव छ हेक्टर क्षेत्रफलले एक लाख ८० हजार ३९८ दशमलव चार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताए । 

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा तीन लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलबाट १२ लाख ६३ हजार ९४१ मेट्रिक टन र आव ०७९/०८० मा तीन लाख ८१ हजार ६१३ हेक्टरमा १४ लाख २२ हजार ४३६ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । खेती बेला समयमा नै आवश्यक पानी परेकोले धान रोपाइँ पनि समयमै भएको र त्यसपछि पनि चाहिएको बेला पनि पानी भइरहने गरेकोले धान उत्पादनमा वृद्धि भएको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: