पाेखरा । मर्दी हिमाल आरोहणका क्रममा आइतबारबाट सम्पर्कविहीन पथप्रदर्शक लालबहादुर तामाङको शव मङ्गलबार भेटिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने मर्दी हिमाल आरोहणमा पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै गएका तामाङ हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका थिए ।
मङ्गलबार बिहान हेलिकोप्टरबाट शव रहेको ठाउँ पत्ता लागेपछि दिउँसो शव निकाल्ने प्रयास भएको थियो । गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले तामाङको शव अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को सीमातिर देखिएको र निकाल्न नसकिएको जानकारी दिए ।
“आरोहणका क्रममा बाटोबाट तल खसेको देखिएपछि हेलिकोप्टर घटनास्थलभन्दा केही पर ल्यान्ड गरी शव निकाल्ने प्रयास भयो’’, आचार्यले भने, “शव अप्ठ्यारो स्थानमा भएकाले निकाल्न सकिएन ।” शव निकाल्न भएको शेर्पासहितको टोली होलिकोप्टरबाटै पोखरा फर्किएको छ ।
बुधबार फेरि शव निकाल्ने प्रयास गरिने उनले बताए । काठमाडौंको सनराइज कम्पनीमा मुख्य पथ प्रदर्शकका रुपमा कार्यरत ६२ वर्षीय तामाङ एक नर्वेली नागरिक र चार नेपाली लिएर मर्दी आरोहणमा गएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: