Ntc summer Offer
Khabar Dabali २० मंसिर २०८१ बिहीबार | 5th December, 2024 Thu
Investment bank

किन घटिरहेको छ राउटेको सङ्ख्या

खबरडबली संवाददाता

सुर्खेत । आफ्नो समुदायको सङ्ख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन् । “हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको सङ्ख्यामा थियौँ, मुखिया शाहीले भने, “हामी मान्छे त गन्दैनौँ, तर हाम्रो सङ्ख्या घटिरहेको छ, अहिले केटाकेटी पनि कम जन्मिन थाले ।”

पहिले स्थानीय वन जङ्गलमै उपलब्ध हुने तागतिलो खाना खाने गरिएको भन्दै अर्का सहायक मुखिया वीरबहादुर शाहीले अहिले खानपानको शैली पनि फेरिएका कारण प्रजनन क्षमतामा ह्रास आउँदा पनि क्रमशः जनसङ्ख्या कम हुँदै गएको हुनसक्ने उनको भनाइ छ । जनसङ्ख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न सक्ने भन्दै राउटे समुदायका अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् । 

यो समुदायमा असोज २ गते २२ वर्षीय राउटे वृषबहादुर शाहीको मृत्यु भयो । वृषबहादुर शाहीको मृत्युसँगै राउटे समुदायको जनसङ्ख्या अहिले एक सय ३५ जनामा सीमित छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको सङ्ख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ । प्रतिवेदनमा २०७५ सालमा एक सय ४९ रहेको राउटेको जनसङ्ख्या १५ माघ २०८० सम्म आइपुग्दा घटेर एक सय ३५ मा झरेको छ । 

२०७५ सालमा एक सय ४९ रहेको राउटेको सङ्ख्या एक जनाले घटेर २०७६ मा एक सय ४८ भयो । २०७७ सालमा तीनजनाको मृत्युपछि एक सय ४५ मा झरेको यो समुदायको सङ्ख्या २०७८ मा आउँदा एक सय ४४ मा झर्‍याे । २०७९ देखि २०८० सम्म घुमन्ते–फिरन्ते राउटेको जनसङ्ख्या छ जनाले घटेर एक सय ३७ जनामा आयो । यो वर्ष मात्रै दुईजनाको मृत्युसँगै अहिले यो समुदायको सङ्ख्या एक सय ३५ मा सीमित हुन पुगेको छ । 

किन घटिरहेको छ जनसङ्ख्या

राउटे समुदायको जनसङ्ख्या लगातार घट्नुका विभिन्न कारण रहेको विज्ञहरु बताउँछन् । उनिहरुका अनुसार यो समुदायको जनसङ्ख्या घट्नुको पछाडि सामाजिक मूल्यमान्यता प्रमुख कारण छ । राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा भन्छन्भ, “राउटे समुदायमा कल्याल, रास्कोटी र सोवंशी गरी तीनवटा समुदाय छ, एउटै समुदायका केटा र केटीको विवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवायुवती विवाह नगरेर बसेको अवस्था छ । अर्को परम्परा भनेको श्रीमानकाे मृत्युपछि जतिसुकै उमेर समूहका महिला भए पनि एकल भएर बस्नुपर्ने बाध्यता छ” थापाले थपे, “अहिले एकल महिला २३ जना छन्, तीमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । उनिहरुले अर्को विवाह गर्न पाउँदैनन्, प्रजनन उमेरका महिलाहरु बच्चा जन्माउनै नपाएपछि कसरी सङ्ख्या बढ्छ ?”

थापाले राउटे समुदायमा युवाहरुको सङ्ख्याभन्दा ज्येष्ठ नागरिक र बालबालिकाको सङ्ख्या धेरै रहेको बताए । थापा भन्छन्, ‘‘राउटे समुदायको जनसङ्ख्या घट्नुको अर्को कारण अत्यधिक मदिराको सेवन हो, मदिराको सेवनले गर्दा उनीहरु भिरबाट लडेर मृत्यु हुने समस्या बढ्दै गएको छ ।’’ आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर तिनै तहका सरकारहरुले राउटे संरक्षणसम्बन्धी योजना बनाउनुपर्ने उनको सुझाव छ । आयोगले सिधै रकमको साटो आवास, खाद्यान्न र पोषण, लत्ताकपडा र शिक्षा उपलब्ध गराउने विधि प्रयोग गरी कार्यान्वयन गर्न जरुरी रहेको बताएको छ भने बाहिरी आधुनिक दुनियाँले उनीहरुको सभ्यतामा हस्तक्षेप गरेको भन्दै नियन्त्रण गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । 

थापाको भनाइप्रति वरिष्ठ पत्रकार केशव ढकाल पनि सहमत छन् । उनले पनि भत्ताको नाममा सिधै रकम दिँदा उनीहरु अत्यधिक मदिरा सेवनमा लागेको बताए । “भत्ताको सट्टा खाद्यान्न, लत्ताकपडालगायत उनीहरुलाई आवश्यक पर्ने वस्तु सरकारले दिनुपर्छ । रकम दिँदा उनीहरुले खर्च गर्ने अन्य कुनै ठाउँ नभएको हुँदा मदिरामा खर्च गर्छन्, त्यसो हुँदा उनीहरुको मृत्युको दर बढिरहेको छ । त्यसका साथै विभिन्न सहयोगको नाममा उनीहरुको अस्तित्व नै मेटाइँदैछ, उनले भने ।”

प्रजनन क्षमता कमजोर बन्दै

यो समुदायमा नयाँ जन्ममा लामो अन्तराल भएको पाइएको छ । जसमा साढे दुई वर्षको अवधिमा २०८० साउन र भदौमा जम्मा दुई शिशुको जन्म भयो । राउटे समुदायको परम्पराका कारण पनि जन्मदर कम हुने गरेको भए पनि पछिल्लो समय उनीहरुको खानपान र रहनसहनका कारण समेत प्रजनन क्षमता कमजोर हुन थालेको चिकित्सकहरु बताउँछन् । 

राउटेको जीवनशैली फेरिँदै गएको छ । खानपानका कारण प्रजनन क्षमता कमजोर हुन थालेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका तत्कालीन निर्देशक डा. डम्बर खडका बताउँछन् । “पछिल्लो समय उनीहरुले अत्यधिक मदिराको प्रयोग गर्न थाले, त्यसो हुँदा उनीहरुको खानपान र जीवनशैली असन्तुलन हुँदै गएको छ, यसले स्वाभाविक रुपमा प्रजनन क्षमतामा गिरावट ल्याउँछ ।” विगतमा स्वस्थ जीवनशैलीमा बाँचिरहेका राउटे समुदायहरु अहिले गुणस्तरहीन खानाको प्रयोग गर्ने तथा मदिराको सेवन बढ्दै जाँदा उनीहरुमा कलेजोसम्बन्धी समस्या बढ्दै गएको खड्का बताउँछन् । 

आयोगको अध्ययनमा समेत राज्यको यथोचित ध्यानपुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु/नराख्नु, प्रजनन स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसम अनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभाव जस्ता कारणले राउटेको जनसङ्ख्या ऋणात्मक बन्दै जान थालेको उल्लेख छ । आयोगका कर्णाली प्रदेश संयोजक मानबहादुर कार्की भन्छन्, “उनीहरुको जीवन चलाउने भनेर सरकारले भत्ता दिने गर्‍यो, उनीहरुको जीविका चलाउन सहज होस् भनेर सरकारले भत्ता त दियो । तर त्यो भत्ताको प्रयोग उनीहरुले आफ्नो खानपानभन्दा पनि मदिरासेवनमा प्रयोग गर्ने गरेको पाइयो । यसले गर्दा उनीहरुको मृत्यु धेरै भएको देखिन्छ ।”

उनीहरुको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको भन्दै तीनै तहका सरकारहरुले मुख्यगरी उनीहरुको संरक्षणका लागि नयाँ योजना बनाउनुपर्ने सुझाव कार्कीको छ । “उनीहरु स्वास्थ्य समस्या भइहाले उपचार गर्न नमान्ने, कडा खालको मदिराको सेवन गर्ने, पोषिलो खानाको कमीलगायतका कारणले मृत्युवरण गर्नुपर्ने यो समुदायको समस्या छ”, कार्की भन्छन् । 

राउटे समुदायका युवतीहरुको सोझोपनको फाइदा उठाउँदै उनीहरुमाथि पछिल्लो समय यौनजन्य अपराध हुनसक्ने जोखिम बढेको बताइएको छ । केही वर्षअघि दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको भन्दै सुर्खेत गुर्भाकोटका दुई युवाविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलाइएको थियो । विभिन्न बहानामा राउटे बस्तीमा बाह्य व्यक्तिहरुको प्रवेशले यौनजन्य क्रियाकलापसँगै अन्य असुरक्षा बढाएको यो समुदायको अध्ययन गरिरहेकाहरु बताउँछन् । विशेषगरी रुपियाँ पैसाको प्रलोभन देखाउने, विभिन्न सहयोग गर्ने बहानामा राउटे समुदायको बस्तीमा प्रवेश गर्ने क्रम बढेकाले यसलाई व्यवस्थित गर्नुपर्ने सुझाव उनीहरुको छ । 

राउटेको संरक्षणका लागि के छ सरकारी योजना ?

दैलेखको गुराँस गाउँपालिकाले २०७५ सालमा पहिलोपटक राउटे समुदायलाई परिचयपत्र वितरण गरेको थियो । राउटेले पाउने सामाजिक सुरक्षा भत्ता यही गाउँपालिकाले वितरण गर्दै आएको छ । सहयोगको नाममा राउटे समुदायलाई दिइने सहयोगलाई एकद्वार प्रणालीबाट दिने गरी पालिकाले कार्यविधि निर्माण गरेको छ । 

राउटे समुदायको संरक्षणको लागि गाउँपालिकाले मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवम् ८ नम्बरका वडाध्यक्ष दीपेन्द्र ओली बताउँछन् । “हामीले राउटे समुदायलाई आफ्नो पालिकाका नागरिकको रुपमा परिचयपत्र दिएका छौँ, सामाजिक सुरक्षा भत्ता पनि पालिकाले नै उपलब्ध गराउँदै आएको छ । आफ्ना नागरिकको सुरक्षा र संरक्षणको जिम्मेवारी हाम्रै भएकाले पनि त्यहीअनुसार काम गरिरहेका छौँ ।” सोसेक नेपालसँगको साझेदारीमा राउटे वस्तीमै प्राथमिक उपचार सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मी खटाइएको ओली बताउँछन् । आयोगले दिएको प्रतिवेदनको आधारमा योजना बनाउने गरी कार्यपालिकामा छलफल भइरहेको उनको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुखुम्बुमा ठगीमा संलग्न २ भारतीय नागरिक पक्राउ

सोलुखुम्बु । विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ठगी कार्यमा संलग्न २ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  सोलुदुधकुण्ड नगरपालिका...

हत्या गरेको अपराधमा १४ वर्षदेखि फरार एक महिला पक्राउ

काठमाडाैं । हत्या गरेको अपराधमा १४ वर्षदेखि फरार एक महिला पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोलखा बैतेश्वर– १ घर भएकी ४७ वर्षी...

गृहमन्त्री लेखककाे पिए हुँ भन्दै हिड्ने एक पक्राउ

काठमाडौँ । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  ग...

के छ प्रधानमन्त्री ओलीले जारी गरेकाे १४ बुँदे प्रेस नोटमा ?

काठमाडौं । छिमेकी देश चीनकाे भ्रमण सकेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले १४ बुँदे प्रेस नाेट जारी गरेका छन् । चिनियाँ प्रधानमन्त्री लि छियाङको न...

सञ्चारकर्मीलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो : महासङ्घ

काठमाडौं । नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्न...

नागरिकका गुनासो सङ्कलन गर्दै रामपुर नगरपालिका

रामपुर । नागरिकका गुनासो र अपेक्षा सङ्कलन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले ‘जनप्रतिनिधिसँग संवाद’ कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले १० वटै वड...

ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य काम गर्नुपर्छ : चिरीबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन...

अर्थतन्त्रका समस्या समाधान गरी मुलुकलाई चलायमान बनाउँछौँ : अर्थमन्त्री पौडेल

भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् ।  भैरहवामा आजदेखि सुरु भ...

सातै प्रदेशमा सरकारविरुद्ध खबरदारी गर्ने तयारीमा माओवादी

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा सरकारविरुद्ध खवरदारी गर्ने भएकाे छ । माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठ...

पाँचथरकाे फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि दोब्बर वृद्धि

पाँचथर । ११औँ संस्करणको फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि दोब्बरभन्दा बढीले वृद्धि भएको छ । आयोजक फिदिम रिपोर्टिङ क्लबले सदरमुकाम फिदिममा पत्रकार सम्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy