काठमाडौं । सरकारले २४ घण्टाभित्र उद्योगहरूमा बिजुली जोड्न निर्देशन दिएको छ। आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै सो निर्देशन दिएको हो।
उद्योगमा विद्युत आपूर्ति बन्दा उत्पादन घट्न गएको, राजश्व संकलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेको हुँदा विद्युत लाइन सुचारू नभएका उद्योगमा सोमबार १२ बजेभित्र लाइन जोड्ने व्यवस्था गर्न उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई सरकारले निर्देशन दिएको छ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युतको बक्यौता रकम बिलअनुसार असुल उपर गर्न पनि निर्देशन दिएको छ। नेपाल विद्युत प्राधिकरणले गत कात्तिक ८ गते विद्युत महसुलवापतको बक्यौता नबुझाएको भन्दै ४० बढी उद्योगको लाइन काटिदिएको थियो।
बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसुल सम्बन्धी विवाद समाधानको लागि गठित जाँचबुझ आयोगले २०८१ वैशाख २३ मा पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - २१:४४
सल्यान । सल्यानमा स्वच्छ बिद्युतीय ऊर्जाको प्रयोग तथा खाना पकाउनका लागि विद्युतीय चुलो विस्तारका लागि अभिमसखिकरण गरिएको छ । खाना बनाउन प्रयोग गरिने प...
मंसिर २० गते, २०८१ - २१:१५
भैरहवा । भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा महोत्सव सुरु...
मंसिर १९ गते, २०८१ - १६:१७
भैरहवा । रुपन्देहीको भैरहवामा यही मंसिर २१ गतदेखि ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ हुने भएको छ । रुपन्देही...
मंसिर १९ गते, २०८१ - १६:१३
चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका ...
मंसिर १९ गते, २०८१ - १६:०९
ललितपुर । अस्ट्रेलियामा ६ वर्ष बसेर स्वदेश फर्किएका ललितपुर सुनाकोठीका एक युवा श्रीमती बलात्कारको मुद्दामा पक्राउ परेका छन् । २७ वर्षका परिवर्तित नाम ...
मंसिर १९ गते, २०८१ - १५:५६
काठमाडौं । काठमाडौंको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवा...
मंसिर १९ गते, २०८१ - १५:५१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन्। गणतन्त्र सेनानी कोषले आयोजना गरेक...
मंसिर १९ गते, २०८१ - १४:३५
ताप्लेजुङ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भ...
मंसिर १९ गते, २०८१ - १४:३०
सुनसरी । सुनसरीको धरानबाट प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट गएराति प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको हो । ...
मंसिर १९ गते, २०८१ - १४:२७
काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बिहीबार नेपाल आउन लागेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा अोली चीन भ्रमणमा रहेका बेला भुट...
प्रतिकृया लेख्नुहोस्: