बागलुङ । बागलुङमा पिक अप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते छन् ।
जैमिनी नगरपालिका–८ छिस्ती केवईबाट कुस्मिसेरा हुँदै सदरमुकाम बागलुङ बजारतर्फ जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिक अप भ्यान सोमबार बिहान करिब १० बजेतिर जैमिनी–७, जैदी र छिस्ती सिमाना नजिकै दुर्घटना भएको हो ।
सडकदेखि करिब ५ सय मिटर तल खसेर जिप दुर्घटना भएको जैमिनी नगरपालिका वडा ८ का वडाध्यक्ष विमल श्रीषले जानकारी दिए ।
मृत्यु हुनेमा भ्यान चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ४१ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ७० वर्षीया नन्दकली पुन, १७ वर्षीय नीरज श्रीष र ७३ वर्षीय कुलप्रसाद श्रीष हुन् । उनीहरु सबैको घटनास्थलमै ज्यान गएको हो ।
कुलप्रसादका ४५ वर्षीय छोरा गंगाबहादुर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको प्राथमिक उपचारका लागि एम्बुलेन्स दुर्घटनास्थल नै पुगेको थियो । उनलाई थप उपचारका लागि पोखरा पठाइएको वडाध्यक्ष विमल श्रीषले जानकारी दिए ।
दुर्घटना के कति कारणले भयो भन्ने खुलेको छैन । कच्ची उक्त सडकमा गाडीको स्टेयरिङ फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: