Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

८४औं गोपाष्टमी महोत्सवमा ७ जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण

खबरडबली संवाददाता

काठमाडौं  ।  मारवाडी सेवा समितिअन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४औं गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सातजनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । धर्मशालाले आवश्यक पर्ने व्यक्तिलाई जुनसुकै बेला निःशुल्क कृत्रिम खुट्टा वितरण गर्ने गरे पनि चाडपर्वको बिदाका कारण रोकिएको कृत्रिम खुट्टा वितरण गोपाष्टमीको अवसरमा आयोजित कार्यक्रममा सम्पन्न गरिएको हो ।

मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले समितिलगायत समिति अन्तर्गतका पशुपति गौशाला धर्मशालाबाट प्रदान भइरहेका सेवा कार्यको जानकारी दिने क्रममा धर्मशालाले २०५४÷५५ सालबाट निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम सुरु गरेको जानकारी दिए । उनका अनुसार यसबाट हालसम्म विभिन्न कारणले खुट्टा गुमाएका ६ हजार ७०० जना लाभान्वित भएका छन् । आगामी दिनमा पनि निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम निरन्तर रहने उनले बताए  ।

धर्मशालाले कृत्रिम खुट्टा वितरणका अतिरिक्त मिर्गौलाका बिरामीलाई हेमोलाइलाइसिस सेवा पनि निःशुल्क उपलब्ध गराइरहेको छ । धर्मशालाका अध्यक्ष रमेश तापडियाका अनुसार २०७८ चैत २१ बाट सुरु गरिएको निःशुल्क हेमोडाइलाइसिस सेवाबाट हालसम्म ३२४ बिरामीलाई २७ हजार ९७५ पटक डाइलाइसिस गरिसकिएको छ । हाल १९५ बिरामीले निःशुल्क लाइलाइसिस गराइरहेको पनि उहाँले जानकारी दिनुभयो । ‘दैनिक ८० देखि ९० जनाको डाइलाइसिस हुने गरेको छ,’ धर्मशालाका अध्यक्ष तापडियाले भने । यसका अलावा धर्मशालाले हरेक शनिबार निःशुल्क भोजन, निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण, शववाहनको निःशुल्क सेवा, मेला र पर्वमा तिर्थालुलाई निःशुल्क भोजन र आवासलगायत सेवा पनि प्रदान गर्दै आएको अध्यक्ष तापडियाले जानकारी दिए ।

मारवाडी सेवा समितिका अध्यक्ष अग्रवालका अनुसार मारवाडी समुदायले देशका विभिन्न सहरमा १५ वटा गौशाला स्थापना गरी गोवंशको संरक्षण गर्दै आएको छ । काठमाडौंको मारवाडी समुदायले ८४ वर्षअघि नै गौशाला स्थापना गरी गोवंशको संरक्षण गर्दै आएको उहाँले बताए । काठमाडौंको गौशालामा २५० र समितिअन्तर्गत धादिङको धार्केस्थित मारवाडी सेवा ग्राम गौधाममा २५० गाईको संरक्षण भइरहेको छ । धादिङमा बृद्ध अवस्थाका गाईहरु संरक्षित छन् ।

उहाँका अनुसार मोरङको मारवाडी समुदायले श्री रंगेली गौचर गौशाला र श्रीकृष्ण गो सेवा सदनमार्फत गौ संरक्षणको काम गरिरहेको छ । रंगेली गौचर गौशाला २०३७ सालदेखि सञ्चालनमा छ । जनकपुरमा २०१० सालदेखि सीताराम गौशाला सञ्चालनमा छ ।
अन्य गौशालाहरुले पनि गोपाष्टमीमा विशेष अनुष्ठान सम्पन्न गरेका छन् । यीगौशालाहरुले मारवाडी समुदायमा सीमित गोपाष्टमी पर्व मनाउने चलनलाई सबै हिन्दु समुदायमा विस्तार गर्ने गरी काम गरिरहेको छ ।

गोपाष्टमीसँग जोडिएको पौराणिक मान्यता
गोपाष्टमी भगवान श्रीकृष्णसँग जोडिएको छ । पुराणमा उल्लेख भएअनुसार नन्द महाराजले आफ्ना छोरा भगवान श्रीकृष्ण र बलराम ६ वर्षको भएपछि उनीहरुलाई पहिलोपटक यही दिन गाई चराउन जाने अनुमति दिएका थिए थियो । यसै दिनदेखि श्रीकृष्ण र बलराम गाईगोठाला बनेका थिए  ।

अर्को मान्यता अनुसार भगवान श्रीकृष्णले आफ्नो कान्छी औंलाले गोवद्र्धन पर्वत उठाएर वृन्दावनबासीलाई मुसलधारे वर्षामा पर्वतमुनिको ओडारमा आश्रय दिएका थिए  । आठौं दिन वर्षा गराउने पानी नै सकिएपछि भगवान इन्द्रले आफूले गल्ती गरेको महसुस गर्दै पराजय स्वीकार्नुभयो र श्रीकृष्ण भगवानसँग माफी मागेका थिए  । 

त्यसपछि सुरभी नामकी गाईले श्रीकृष्ण र इन्द्र दुवैलाई दूधले नुहाइदिइन् । यसै दिनदेखि कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमीको रुपमा मनाउन थालिएको पौराणिक मान्यता छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending