काठमाडौं । जनताको सर्वोत्तम हितलाई केन्द्रमा राखेर ‘लेनिन’ले अगाडि सारेको विचारलाई नेपाली विशेषताअनुसार विकास गर्नुपर्नेमा वामपन्थी नेताहरूले जोड दिएका छन् ।
लेनिन स्मृति शतवार्षिकी मूल आयोजक समितिले आज यहाँ आयोजना गरेको ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक विचार गोष्ठीमा नेताहरूले कम्युनिस्ट आन्दोलनका शीर्ष नेता भीआई लेनिनले अगाडि सारेका विचारलाई नेपाली विशेषतामा थप परिस्कृत र समृद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् ।
नेपालका अधिकांश कम्युनिस्ट पार्टीले लेनिनवादी संगठनात्मक सिद्धान्त अपनाएको भए पनि कमजोरी स्वीकार गरेर त्यसअनुसार विकास गर्न नसकेको नेताहरूको धारणा थियो ।
जताततै कम्युनिस्ट पार्टी भएपनि उनीहरु एकता हुन नसकेको, वैचारिक, राजनीतिक एवम् संगठनात्मक विषयमा समान धारणा हुन नसकेको तथा व्यक्तिकेन्द्रीत प्रवृत्तिका कारण वामपन्थी आन्दोलन समृद्ध बन्न नसकेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेताको नीजि स्वार्थलाई हटाउने हो भने कम्युनिष्ट पार्टी एकतावद्ध हुन एकाध दिनभन्दा बढी समय नलाग्ने बताए । पार्टीअनुसार नै लेनिनलाई हेर्ने दृष्टिकोण रहेको र त्यसमा एकरुपता कायम हुन नसकेको तथा व्यक्तिगत स्वार्थका कारण विचारमा भ्रष्टीकरण हुन पुगेको उनको भनाइ छ ।
महासचिव भुसालले भने, “यतिबेला हामीले खास अर्थमा लेनिनवादलाई अङ्गीकार गर्ने हो भने घुस नखाने पार्टी बनाउनुपर्छ । त्यसो मात्रै गरियो भने पनि क्रान्ति आफैँ अगाडि बढ्छ ।” लेनिनवादको नाम जप्दै कम्युनिस्ट पार्टीका नेताले नै मानव तस्करी गरिरहेकामा उनले रोष प्रकट गरे । नेकपा (माओवादी केन्द्र) का युवा नेता लेखनाथ न्यौपानेले नेपाली विशेषतामा आधारित भएर लेनिनले अगाडि सार्नुभएको विचारलाई थप समृद्ध बनाउनुपर्ने बताए । उनले क्रान्तिकारी पार्टी निर्माणका लागि विचार नै प्रमुख सर्त भएको धारणा राखे ।
नेकपा (क्रान्तिकारी माओवादी) का नेता जगदिशचन्द्र भण्डारीले देशमा कम्युनिस्ट नै कम्युनिस्ट भए पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको अभाव रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: