काठमाडौं । जनताको सर्वोत्तम हितलाई केन्द्रमा राखेर ‘लेनिन’ले अगाडि सारेको विचारलाई नेपाली विशेषताअनुसार विकास गर्नुपर्नेमा वामपन्थी नेताहरूले जोड दिएका छन् ।
लेनिन स्मृति शतवार्षिकी मूल आयोजक समितिले आज यहाँ आयोजना गरेको ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक विचार गोष्ठीमा नेताहरूले कम्युनिस्ट आन्दोलनका शीर्ष नेता भीआई लेनिनले अगाडि सारेका विचारलाई नेपाली विशेषतामा थप परिस्कृत र समृद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् ।
नेपालका अधिकांश कम्युनिस्ट पार्टीले लेनिनवादी संगठनात्मक सिद्धान्त अपनाएको भए पनि कमजोरी स्वीकार गरेर त्यसअनुसार विकास गर्न नसकेको नेताहरूको धारणा थियो ।
जताततै कम्युनिस्ट पार्टी भएपनि उनीहरु एकता हुन नसकेको, वैचारिक, राजनीतिक एवम् संगठनात्मक विषयमा समान धारणा हुन नसकेको तथा व्यक्तिकेन्द्रीत प्रवृत्तिका कारण वामपन्थी आन्दोलन समृद्ध बन्न नसकेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेताको नीजि स्वार्थलाई हटाउने हो भने कम्युनिष्ट पार्टी एकतावद्ध हुन एकाध दिनभन्दा बढी समय नलाग्ने बताए । पार्टीअनुसार नै लेनिनलाई हेर्ने दृष्टिकोण रहेको र त्यसमा एकरुपता कायम हुन नसकेको तथा व्यक्तिगत स्वार्थका कारण विचारमा भ्रष्टीकरण हुन पुगेको उनको भनाइ छ ।
महासचिव भुसालले भने, “यतिबेला हामीले खास अर्थमा लेनिनवादलाई अङ्गीकार गर्ने हो भने घुस नखाने पार्टी बनाउनुपर्छ । त्यसो मात्रै गरियो भने पनि क्रान्ति आफैँ अगाडि बढ्छ ।” लेनिनवादको नाम जप्दै कम्युनिस्ट पार्टीका नेताले नै मानव तस्करी गरिरहेकामा उनले रोष प्रकट गरे । नेकपा (माओवादी केन्द्र) का युवा नेता लेखनाथ न्यौपानेले नेपाली विशेषतामा आधारित भएर लेनिनले अगाडि सार्नुभएको विचारलाई थप समृद्ध बनाउनुपर्ने बताए । उनले क्रान्तिकारी पार्टी निर्माणका लागि विचार नै प्रमुख सर्त भएको धारणा राखे ।
नेकपा (क्रान्तिकारी माओवादी) का नेता जगदिशचन्द्र भण्डारीले देशमा कम्युनिस्ट नै कम्युनिस्ट भए पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको अभाव रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: