ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा निर्माण गर्न लागिएको केबुलकार परियोजनाविरुद्ध रहेको पक्षले परियोजना खारेज गर्नुपर्ने माग गरेको छ । शनिबार परियोजनाविरुद्ध पाथीभरा क्षेत्रको काफ्लेपाटीमा विरोधमा रहेको पक्षले कोणसभा गर्दै केबुलकार खारेज गर्नुपर्ने माग गरेको हो ।
काफ्लेपाटी क्षेत्रमा प्रदर्शन र कोणसभा गर्दै परियोजना विरोधी पक्षले कुनै पनि हालतमा केबुलकार बन्न नदिने दोहोर्याउँदै खारेज गर्न माग गरेको छ । परियोजनाको विरोध गर्दै आएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिङ्खिमले कोणसभालाई सम्बोधन गर्दै केबुलकार तत्काल खारेज गर्नुपर्ने बताए ।
लिङ्खिमले शुक्रबार काफ्लेपाटी क्षेत्रमा भएको झडपका क्रममा धारिलो हतियार खुकुरी र ढुङ्गा प्रहार गरी मजदुरसहित आन्दोलनकर्मीलाई घाइते बनाउनेमाथि कानुनी कारबाहीको माग गरे । उनले सामाजिक अशान्ति फैलाउने र आतङ्कित बनाउनेगरी भएको झडपको नेतृत्व गर्ने समेतलाई कानुनी दायरामा ल्याउनुपर्ने प्रशासनसँग माग गरे ।
यस्तै पहिचानको लागि युवाफोर्सका संयोजक नवीन पोमुले संवेदनशील विषयमा प्रशासन मुकदर्शन बन्नु नहुने बताए । संवेदनशील विषय र सङ्घर्षरत पक्षको मागलाई सरकारले बेवास्ता गरे कडा आन्दोलन र प्रतिकारमा उत्रन बाध्य हुने उनले बताए । कोणसभालाई पहिचानवादी महिला नेतृ रीता मादेनले पनि सम्बोधन गरेकी थिइन ।
सम्बोधनका क्रममा वक्ताहरुले केबुलकार खारेजसँगै निर्माणको कामका लागि पाथीभरा क्षेत्र पुर्याइएको एक्साभेटरसहितका निर्माण सामग्री तत्काल हटाउन पनि निर्माण कम्पनी र परियोजना पक्षलाई आग्रह गरेका छन् । शुक्रबार केबुलकार परियोजनाको शिलान्यास गर्ने क्रममा परियोजनाको पक्ष र विपक्षबिच ढुङ्गा हानाहान अर्थात झडप भएको थियो । झडपका क्रममा दुवै पक्षका र प्रहरीसमेत गरी छ जना घाइते भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: