Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

आजदेखि २५औं संस्करणको रूपन्देही सुपरलिग

खबरडबली संवाददाता

भैरहवा । २५औं संस्करणको रुपन्देही सुपरलिग शनिबारदेखि हुने भएको छ । मुलुकमै जिल्लास्तरमा ५० ओभरको लिग रुपन्देहीमा मात्रै आयोजना हुँदै आएको छ । २४ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरेको रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारदेखि २५औं संस्करण हुन लागेको आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका हुन् ।

संघका सचिव संजय गुरुङले २०५३ सालदेखि सुपरलिग आयोजना हुँदै आएको बताए । बीचमा ३ वर्ष लिग संचालन हुन नसके पनि अन्य वर्षहरुमा नियमित हुँदै आएको छ । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा रुपन्देही सुपरलिग हुनेछ । पहिलो चरणमा कार्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका सचिव गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् ।

संघका अध्यक्ष हरिबहादुर थापाले सुपरलिगले नयाँ–नयाँ खेलाडी उत्पादनमा टेवा पुर्याउँदै आएको बताए । ‘जिल्लास्तरमा हुने यो प्रतियोगिता मुलुकका अन्य जिल्लामा हुँदैन’, उनले भने, ‘यो प्रतियोगिताका उत्पादन खेलाडीहरु आज राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन् । यसैले पनि सुपरलिगको महत्व अझै फराकिलो हुँदै गएको छ ।’ उनले सहयोगी दाता र संघको टिमको निरन्तरको प्रयासले सुपरलिगलाई मुलुकमै स्थापित गराउन सफल भएको बताए ।

संघका कोषाध्यक्ष एवं सुपरलिग संयोजक निरजप्रताप खाँणले सिद्धार्थनगर नगरपालिकाले प्रतियोगितामा सहकार्य गरेको जनाए । उनका अनुसार भैरहवाको सगरमाथा कत्था मिलले विजेताको पुरस्कार प्रायोजन गरेको छ । यस्तै, भैरहवाकै वि.के. ज्वेलर्सले उपविजेता पुरस्कार र प्रत्येक खेलको म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाािणज्य संघका बरिष्ठ उपाध्यक्ष एवं न्यू पवित्रा स्टोर्सका संचालक नेत्रप्रसाद आचार्यले प्रायोजन गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending