विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको अनियमिताको विषयलाई लिएर प्रहरीले अध्यक्ष शम्भु रौनियारसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
पक्राउ पुर्जी जारी हुनेमा सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरू जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर छन् । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई भने पक्राउ पुर्जी जारी गरिएको छैन ।
त्यस्तै, सहकारीको लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले कारबाहीका लागि सिफारिस गरेकाविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो ।
सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले पठाएको पत्रका आधारमा मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरिएको हो । रजिष्टार कार्यालयले कोइरालाको नाम हटाएर अनुसन्धानको सिफारिस गरेको थियो । प्रहरीले पक्राउ पुर्जी लिए पनि प्रहरी कार्यालयमा उजुरी गर्न सहकारीका बचतकर्ता तथा ऋणी भने पुगेका छैनन् । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि सहकारीको कार्यालय बन्दछ । गत कार्तिक १४ गते प्रहरीले सहकारीको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।
२०६८ सालमा स्थापना भएको यो सहकारीमा सांसद पोखरेलकी पत्नी दुई कार्यकाल सञ्चालक समितिमा रहेर काम गरेकी थिइन् । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ गतेदेखि सहकारीबाट राजीनामा दिइन् । सहकारीबाट राजीनामा दिए पनि उनी सञ्चालक समितिमा रहँदा सहकारीले लिएको ऋण नतिरेका कारण आरएसडीसी लघुवित्त वित्तीय संस्थाले कोइरालासहितका सञ्चालकलाई कालो सूचीमा राखेको छ ।
उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार पोखरेलको पार्टीका कार्यकर्ता हुन् । सहकारी सञ्चालन गर्दा आफ्नो नाम राख्न नमिल्ने भएका कारण उनले पत्नीको राखेको उनीनिकट स्रोत बताउँछ । सहकारीका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने वातावरण पोखरेलले नै मिलाएका थिए । उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ ।
सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: