Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

गाडीभन्दा पहिल्यै गुड्थ्याे नेपालमा रेल

साढे छ दशकअघि नै चल्थ्यो भीमनगरदेखि धरानको घोपा र चतरासम्म ढुङ्गेरेल

भीमनगरदेखि धरानको घोपासम्म कुद्ने रेलको सर्दुखोलामा रहेकोे भग्नावशेष ।
खबरडबली संवाददाता

सुनसरी  । यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो । कोशी किनार र आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकले इन्जिनको गाडी नदेख्दै छ दशकअघि नै नेपालमा रेल चढेका थिए ।

सुनसरी, सप्तरीको सीमामा पर्ने भीमनगरदेखि धरानको घोपा र चतरासम्म सञ्चालनमा हुने ढुङ्गेरेलमा यात्रा गरेको अनुभव कतिपयसँग अझै ताजै छ तर युवापुस्ताले रेल चलेको देख्न पाएनन् ।

नेपालको पूर्वी क्षेत्रमा रेल गुड्न सक्ने सम्भाव्यतालाई ढुङ्गेरेलको इतिहासले पुष्टि गरेको छ । विसं २०१६ देखि २०४५ सम्म सञ्चालित ढुङ्गेरेल ढुङ्गा ओसार्ने प्रयोजनले सञ्चालन भएको थियो । 

विसं २०११ वैशाख १२ गते (२५ अप्रिल सन् १९५४) मा नेपाल र भारत सरकारबिच भएको कोशी सम्झौतापछि विसं २०१६ देखि कोशी ब्यारेज पुल निर्माण गर्न आवश्यक ढुङ्गा, गिट्टी ढुवानी गर्न रेल चलाइएको थियो । 

गाडीभन्दा पहिल्यै रेल गुड्यो

ढुङ्गा ओसार्नका लागि ल्याइएको रेलबाट कोशी किनार आसपासका बासिन्दा धरानदेखि भीमनगरसम्म आवतजावत गर्ने गरेको जानकारहरू बताउँछन् । चतरादेखि भीमनगरसम्म रेलमै चढेर आवतजावत गर्ने गरेको अनुभव ८५ वर्षीय चन्द्रबहादुर कार्कीसँग रहेकेा छ । उनले उत्साहीत हुँदै भने, “रेलमै चढ्नका लागि भोकतिर्खा नै माया मारेर कुदिन्थ्यो । बसभन्दा पहिला रेल चढियो ।”

४७ किलोमिटरको दुरीमा कोइला र पानीबाट रेल चल्थ्यो । १० भन्दा बढी डब्बामा ढुङ्गा ओसार्ने गरेको रेलमा एउटा ड्राइभर, रातो र हरियो झन्डा बोक्ने एकरएक जना कर्मचारी हुन्थे । धरानको फुस्रेका पहाडबाट घिर्लिङ (रोपवे) को सहायताले ल्याइएका ढुङ्गा रेलवे चोकबाट कामदारले रेलमा ढुङ्गा चढाउने  गर्थे । रेलबाट दैनिक ओसारिएका ढुङ्गा सम्झौता अनुसार ब्यारेज पुल बनाउन भीमनगर ल्याइन्थ्यो ।

प्रकाशपुर धरहरा टोलका ७० वर्षीय नेत्रबहादुर घिमिरेका अनुसार केही यात्रु रेल चढेर आनन्द लिनकै लागि ढुङ्गामाथि बसेर पनि भीमनगर जान्थे । भीमनगरबाट छुट्ने ढुङ्गेरेलको स्टेसन कुशाह, मधुवन, राजाबास, चक्रघट्टी, चतरा, बाङ्गे, घोपा क्याम्पमा रहेको थियो । भीमनगरबाट छुट्ने रेल खाली हुने भएकाले धरान जाने यात्रु बोकेर जान्थ्यो । फर्कंदा घोपा र चतराबाट डब्बाभरि ढुङ्गा बोकेर फर्किन्थ्यो ।

५० पटकसम्म रेलमाथि चढेको अनुभव बटुलेका चतराका युवराज भट्टराईले चेप्टा ढुङ्गामाथि भए पनि छुक छुक गर्दै चल्ने रेलमा आफ्ना साथीसँग भीमनगरसम्म पुग्ने गरेको स्मरण गरे । उनले भने, “रेलका डब्बाभरि टनाटन ढुङ्गा, ती ढुङ्गामाथि मान्छे बसेका हुन्थे । हामी मात्रै होइन, रेल चल्ने आसपासका बासिन्दा रेल चढ्न हुरुक्क हुन्थे । ढुङ्गामाथि बसेर रेलमा गरेको यात्रा अविस्मरणीय छ ।”

चोरियो डब्बा र लिक

२०४५ सालमा ढुङ्गेरेल बन्द भएपछि रेलका डब्बा र लिक चोरी भए । अहिले रेल कहाँबाट कुदेको थियो भन्नेसम्म अनुमान लगाउन सकिँदैन । रेल गुडेको केही ठाउँमा बस्ती बसेका छन् । भीमनगरदेखि धरान रेलवेसम्म र चक्रघट्टीदेखि चतरासम्मको स्थानमा रेल कुदेको कुनै पनि भग्नावशेष देख्न पाइँदैन । ब्यारेजको काम सम्पन्न भएपछि ढुङ्गेरेलको संरक्षण नगरिएकाले यो रेल इतिहासमै सीमित रह्यो । 

गाडी नदेखी रेल चढेका स्थानीयवासीले रेलको कुरा गर्दा गाडी देखेर हुर्किएकाका लागि कहानी जस्तै हुन सक्छ । भीमनगरदेखि धरान रेलवेसम्म र चक्रघट्टीदेखि चतरासम्मको स्थानमा रेल कुदेको कुनै पनि भग्नावशेष बाँकी छैन । स्थानीय भीष्म कार्कीले भने, “बाबुबाजेकै पालामा चलेको रेल बेला बेला हाम्रो पालामा पनि चल्ने कुरा उठिरहन्छ तर यो विषय कार्यान्वयन भएको छैन । हाम्रा छोरानातिका पालामा पनि यस ठाउँमा रेल कुदेको देख्ने चाहना छ ।”

पर्यटकीय सम्भावना 

पहिले रेल कुद्ने क्षेत्र पर्यटकीय सम्भावनायुक्त क्षेत्र हो । ढुङ्गेरेल जस्तै मिनीरेल सञ्चालन गर्न सके कोशीटप्पु वन्यजन्तु आरक्षण, वराहक्षेत्र र रामधुनी, धरान हुँदै भेडेटारसम्म आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुने स्थानीयको भनाइ छ । 

होटेल व्यवसायी महासङ्घ कोशी प्रदेशका महासचिव वासुदेव बरालले चतरा घरनजिकै रेलवे स्टेसन भएकाले फुर्सद हुनेबित्तिकै रेलमा चढेर ब्यारेजसम्म पुग्ने गरेको अनुभव सुनाए । उनले भने, “पुनः रेल चलाउन सके भारतीय पर्यटकको आगमनमा वृद्धि हुन्थ्यो । ओझेलमा परेका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको पर्यटन विकासमा सहयोग पुग्थ्यो ।”

वराहक्षेत्रका नगरप्रमुख रमेश कार्कीले वराहक्षेत्रमा रेल चलाउन सके पर्यटन प्रवर्धनमा नयाँ युग थालनी हुने बताए । उनले भने, “पहिल्यै रेल चले पनि रेल चल्ने सम्पूर्ण आवश्यक संरचना पुनः तयार पार्नुपर्ने हुँदा स्थानीय तहले मात्रै चाहेर यो सम्भव छैन । प्रदेश, सङ्घीय सरकार वा निजी क्षेत्रले लगानी गर्नुपर्ने र राज्यले रेलसम्बन्धी नीति निर्माण गरेरै कार्यान्वयनमा जानु पर्छ ।” कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले योजना बनाएर रेल सञ्चालन गर्न सकिने बताए । कोशी प्रदेश योजना आयोगका प्रवक्ता त्रिलोचन न्यौपानेले रेलको चर्चा उठे पनि आवधिक पञ्चवर्षे योजनामा नसमेटिएको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending