कैलाली । छठ पूजा सेवा समिति धनगढीले कैलालीको मोहना नदी तटमा आयोजना गर्ने छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै गएका छन् । समितिले यहाँ १२ वर्षदेखि छठ पर्वका अवसरमा मोहना नदी किनारमा पूजा आयोजना गर्दै आएको छ ।
समितिका अध्यक्ष सन्तोष मण्डलले छठ पूजाका लागि मोहना नदी किनारमा पाँच वटा घर (टेन्ट) बनाएर सुरुका वर्षमा पर्व मनाउँदै आइएकामा विगत केही वर्षयता कम्तीमा तीन सयको हाराहारीमा टेन्ट लगाएर पूजाको कार्यक्रम गर्दै आइएको जानकारी दिए । समितिका अध्यक्ष मण्डलले छठ पूजाको तयारीका लागि सुरुका वर्षमा रु ३५ हजार मात्र खर्च हुने गरेको जनाउँदै उक्त खर्च बढेर अहिले रु २० लाखको हराहारीमा पुगेको उल्लेख गरे । उनका अनुसार स्थानीय तह, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्था, सर्वसाधारणलगायतको सहयोगमा रकम सङ्कलन गरी समितिले प्रत्येक वर्ष पूजा सम्पन्न गर्दै आइरहेको छ ।
सुरुका वर्षमा पूजास्थलमा चहलपहल कम हुने गरेको, सुनसान हुने गरेकामा पछिल्ला केही वर्षयता करिब दुई लाखको हाराहारीमा भक्तालु तथा दर्शनार्थी अवलोकन गर्न आउने गरेका अध्यक्ष मण्डलले जानकारी दिए । “पहिला यो पर्व पहिले विशेष गरी मिथिला समुदायले मात्र मनाउने चलन थियो । पछिल्लो समय अन्य समुदायको पनि उल्लेख्य सहभागिता हुन थालेको छ”, उनले भने, “निराहार व्रत बसेर मोहना छठी घाटमा तीन सयभन्दा बढी परिवार र अन्य समुदायका व्रतालु पूजा गर्न आउनुहुन्छ । दुई हजारको हाराहरी भक्तजन नदीमा आई सूर्यनारायणलाई फूल तथा जल अर्पण गर्नुहुन्छ ।”
छठ पर्व आउनुभन्दा एक महिना अघिदेखि मोहना नदी तटमा सरसफाइ गरी भव्य रूपमा पूजालाई सफल पार्ने तयारी गरिएको समितिका उपाध्यक्ष रोशनकुमार कर्णले बताए । “विगतका वर्षमा यो पर्वतर्फ यहाँका अन्य समुदाय तथा स्थानीयको खासै ध्यान हुँदैन्थ्यो”, उनले भने, “पछिल्ला केही वर्षयता स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म यो पर्व मनाउन र अवलोकन गर्न आउनुहुन्छ ।” छठमा व्रतालुले परिवारका सदस्यको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तान प्राप्तिलगायत कामना गरी मनाउने परम्परा रहेको समितिका सदस्य चन्दन जैसवालले बताए ।यसवर्ष छठको तयारीका लागि धनगढीको मोहना घाटमा दुई सय ५० भन्दा बढी पूजाकक्ष निर्माण गरिएका छन् । ती निर्माण गरिएका पूजाकक्षमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी माला, पताकालगायत सामग्रीले सजाएर आकर्षक बनाइएको छ । भक्तजन तथा दर्शनार्थीका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । धनगढी बजारका मुख्य स्थानमा स्वागत गेट निर्माण गरिएका छन् ।
नेपालको पूर्वी भेगबाट ल्याइएका कालिगडले सूर्यको प्रतिमालगायत विभिन्न देवीदेवताको मूर्ति निर्माण गरी, रङ्गाउने र सजाउने काम गरेका छठ पूजा सेवा समितिका अध्यक्ष मण्डलले जानकारी दिए । मोहना नदी तटीय भागको माथितिर ठुलो पण्डाल निर्माण गरिएको छ । उक्त पण्डालमा अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको उनले बताए ।
भजनकीर्तन, नाचगान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न देवीदेवताका सांस्कृतिक झाँकीलगायत कार्यक्रम पनि आयोजना गरिने छठ पूजा सेवा समितिले जनाएको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: