Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

उत्तर कोरियाली सैनिकहरू युक्रेनी फौजको आक्रमणमा

खबरडबली संवाददाता

किएभ । रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन् । 

कुनै युक्रेनी अधिकारीले प्योङयाङका एकाइहरूमाथि आक्रमण भएको बताएको यो पहिलो पटक हो । यो तैनाथीले युद्धको एक हजार दिनको माइलस्टोन नजिकिँदै गर्दा युद्धलाई नयाँ स्वरूप दिएको छ । “पहिलो उत्तर कोरियाली सैनिकहरूमाथि कुर्स्क क्षेत्रमा गोलाबारी गरिएको छ”, युक्रेनको सुरक्षा परिषद्को दुष्प्रचार विरोधी शाखाका प्रमुख आन्द्री कोभालेन्कोले टेलिग्राममा लेखे । उनले थप विवरण दिएनन् । 

उत्तर कोरियाली सैनिकहरूलाई रूसको कुर्स्क सीमा क्षेत्रमा पठाइने पश्चिमी सरकारहरूले अपेक्षा गरेका थिए । त्यहाँ युक्रेनी सेनाको तीन महिने घुसपैठ दोस्रो विश्वयुद्धपछि रूसी भूमिको पहिलो कब्जा हो र यसले क्रेमलिनलाई लज्जित बनाएको छ । अमेरिकी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर मूल्याङ्कनका अनुसार मस्कोसँगको सम्झौताअन्तर्गत प्योङयाङले १२ हजारसम्म उत्तर कोरियाली लडाकू सैनिक युद्धमा पठाउँदैछ । लडाइँको गुणस्तर र युद्ध अनुभव अज्ञात रहेका उत्तर कोरियाली सैनिकहरू युद्धक्षेत्रमा युक्रेनको बिग्रँदो स्थितिमा थप भइरहेका छन् । 

युक्रेनी सुरक्षा विशेषगरी पूर्वी डोनेट्स्क क्षेत्रमा रूसको महँगो तर निरन्तर महिनौँ लामो आक्रमणको दबाबमा भत्किँदै छ । रूसी अग्रगमन हालै तीव्र भएको छ । उसलाई डोनेट्स्कका केही भागहरूमा नौ किलोमिटरसम्मको युद्धक्षेत्र लाभ भएको बेलायती रक्षा मन्त्रालयले मङ्गलबार सामाजिक प्लेटफर्म एक्समा बताएको छ । रूससँग उच्च सैन्य सङ्ख्या रहेको र भारी क्षति भए पनि क्रेमलिनको भर्ती अभियानले दबाब कायम राख्न पर्याप्त नयाँ सैनिकहरू प्रदान गरिरहेको मन्त्रालयले बताएको छ । 

रूसले पछिल्लो एक वर्षदेखि युक्रेनमा युद्धक्षेत्रको पहल कायम राखेको छ । पश्चिमी सैन्य सहयोग देशमा आइपुग्न धेरै समय लागेको युक्रेनी अधिकारीहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । अक्टोबरको सुरुमा रूसी फौजले पूर्वी युक्रेनमा सामरिक रूपले महत्त्वपूर्ण पहाडमाथि रहेको भुह्लेदार शहरबाट युक्रेनी सैनिकहरूलाई लखेटेका थिए । यो पूर्वमा युक्रेनी सुरक्षाको एक प्रमुख हिस्सा थियो । रूसको अर्को लक्ष्य सम्भवतः प्रमुख रसद केन्द्र पोक्रोभ्स्क र रणनीतिक रूपले महत्त्त्वपूर्ण चासिभ यार शहर रहेका छन् । 

यसैबीच अधिकारीहरूका अनुसार रूसले युक्रेनका नागरिक क्षेत्रहरूमा लामो दूरीको हवाई आक्रमण जारी राखेको छ । दक्षिणी शहर जापोरिझ्झियामा मङ्गलबार बिहान भएको आक्रमणमा छ जनाको मृत्यु भएको र १६ जना घाइते भएको क्षेत्रीय गभर्नर इभान फेडोरोभले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...

एमाले महाधिवेशनः ११ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन

  काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।  पार्ट...

झापामा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...

महोत्तरीमा किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने कि...

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँ...

श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु

काठमाडाैँ । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending