Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बीमाको दायरा बढाएर पाँच लाख पुर्‍याउन सम्भव

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख रुपियाँ पुर्‍याउने प्रस्ताव सम्भव भएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले  बताएका छन् । 

आफ्नो चार वर्षे कार्यकालको कार्यविवरण सार्वजनिक गर्दै डा. बसौलाले यस्तो बताएका हुन् । डा. बसौलाका अनुसार स्वास्थ्य मन्त्री प्रदिप पौडेलले बीमाको दायरा बढाएर पाँच लाख रुपियाँ पुर्‍याउने  घोषण गरेसँगै मन्त्रालयले बोर्ड समक्ष रायको लागि पत्र पठाएको थियो । विभिन्न निकायसँगको छलफलपछि पाँच लाख पुर्‍याउन सम्भव रहेको भन्दै राय सहितको प्रतिवेदन बोर्डले मन्त्रालयमा  बुझाएको डा. बसौलाले जानकारी दिए । 

समयसँगै बीमा रकमको दायरा बढाएर पाँच लाख पुर्‍याउने  प्रस्ताव जायज भएको उनको ठहर छ । उनि भन्छन्, “समयसँगै बीमाको दायरा बढाउनुपर्छ । बीमाको सुरुवात गर्दा २५ सय प्रिमियम तिरेर ५० हजार रुपियाँको सेवा सुविधा प्रदान गरेका थियौँ । नियमावाली आइसकेपछि अहिले यो दायरा बढाएर ३५ सय पुर्‍याउने एक लाख रुपियाँसम्मको सेवा सुविधा दिर्दै आएका छौँ ।”

ऐन नियममा भएको व्यवस्था लागु गर्दै स्रोतको सुनिश्चिता गर्न सकेमा बीमाको दायरा बढाउन सकिने उनको तर्क छ ।  उनका अनुसार सरकारी कर्मचारी, संस्थान तथा वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारी, संगठित क्षेत्रमा काम गर्ने कर्मचारी, संगठित क्षेत्रमा काम गर्ने कर्मचारीको एक प्रतिशत तलबबाट काट्ने, एक प्रतिशत रोजगार दाताले हाल्ने हो भने यो सम्भव छ । 

पाँच लाख पुर्‍याउन सामाजिक सुरक्षा कोष,सञ्चय कोष, विभिन्न बैंकहरु लगायतले स्वास्थ्य बीमाको नाममा संचालन गरेका दोहोरो कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमार्फत संचालन गर्ने एकद्धार रणनीतिको अवलम्बन गर्न सकेमा यो सम्भव भएको उनि बताउँछन् । 

सरकारबाट उपलब्ध गराउने निशुल्क स्वास्थ्य सेवालाई बीमासँग आवद्ध गर्ने ।, योगदान बापत प्राप्त  हुने रकमबाट बीमा कोषको आकार मजबुत नहुन्जेल सम्म सरकारी स्वास्थ्य संस्थाको स्तर बृद्धि तथा पूर्वाधार  विकासमा सरकारले लगानी गर्ने ।, गरिब  तथा विपन्न  परिवारको योगदान  रकम सरकारले ब्यहोरि दिने परियोजनाको लागि  गरिब परिवार परिचय पत्र यथाशिघ्र वितरण गर्ने ।, चुरोट, रक्सी, चिसो पेय पदार्थको उत्पादन तथा बिक्रि वितरणमा मनग्गे कर असुल गरी उक्त रकम स्वास्थ्य बीमा कार्यक्रममा लगानी गर्ने हो भने यो सम्भव भएको उनको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: