Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८२ बिहीबार | 15th May, 2025 Thu
Investment bank

प्रमुख सूचना आयुक्तमा पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य सिफारिस

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ । सदस्यहरूमा नेकपा एमालेको प्रचार विभागका सचिव गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । 

सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबार बसेको बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको समितिका एक सदस्यले जानकारी दिए । 
यसअघि सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै आवेदन पेस गर्न आव्हान गरेको थियो ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम योग्यता पुगेका व्यक्तिलाई राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरणसहित योग्यताका प्रमाणित प्रतिलिपिसहित पेस गर्न भनिएको थियो । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा आवेदन दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको, ६५ वर्ष उमेर ननाघेको हुनु पर्दछ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १३ बमोजिम अयोग्य नभएको हुनुपर्ने हुन्छ । 

आवेदन कार्तिक १३ गतेसम्म कार्यालय समयभित्र बुझाइसक्नुपर्ने र इच्छुक उम्मेदवारले योग्यता खुल्ने प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा जारी गरेको थियो । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र सूचना आयुक्तद्वय कमला ओली र रत्नप्रसाद मैनालीको ५ वर्षे पदावधि सकिन लागेकाले रिक्त हुने उक्त पदमा योग्य र उपयुक्त व्यक्तिको नियुक्तिका लागि सिफारिस गर्न ऐनको दफा ११ को उपदफा ३ बमोजिम गठित सिफारिस समितिको बैठकले आयोगको रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न योग्य तथा इच्छुक उम्मेदवारबाट दरखास्त माग गर्ने निर्णय गरेअनुसार यो दरखास्त आह्वान गरेको थियो । 

ऐनको दफा ११ अनुसार उपदफा ३ अनुसार प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुख देवराज घिमिरेको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ । समितिको सदस्य सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाकाकन्दीका कारण गाजामा अनिकालकाे चेतावनी

जेनेभा । लामो समयसम्म जालामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुए...

देशमा कूल एक करोड ८१ लाख ४८ हजार ६५४ मतदाता

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वे...

पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा २५ लाख भ्रष्टाचार, अध्यक्ष/उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं । कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, ...

पाेखरामा मानव बेचविखनको आरोपमा तीनजना पक्राउ

पाेखरा । मानव वेचविखन कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई पोख...

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ: महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् ।  नेपाली कांग...

प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु

प्युठान । प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ । स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट ल...

अदालतहरुमा एक करोड ९६ लाख ८१ हजार रुपैयाँ बेरुजु

काठमाडाैं । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले सर्वोच्च अदालत र मातहतका अदालतहरुमा झन्डै दुई करोड रुपैयाँ बेरुजु रहेको औँल्याएको छ । प्रतिवेदनअनुसार एक...

चीन र युरोपेली सङ्घबीचको सम्बन्ध स्थापनाको ५० बर्ष, थप मजबुत सम्बन्ध कायम गर्ने प्रतिवद्धता

बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...

बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु

बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ ।  बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीनजनाकाे मृत्यु

पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending