Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

प्रमुख सूचना आयुक्तमा पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य सिफारिस

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ । सदस्यहरूमा नेकपा एमालेको प्रचार विभागका सचिव गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । 

सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबार बसेको बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको समितिका एक सदस्यले जानकारी दिए । 
यसअघि सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै आवेदन पेस गर्न आव्हान गरेको थियो ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम योग्यता पुगेका व्यक्तिलाई राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरणसहित योग्यताका प्रमाणित प्रतिलिपिसहित पेस गर्न भनिएको थियो । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा आवेदन दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको, ६५ वर्ष उमेर ननाघेको हुनु पर्दछ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १३ बमोजिम अयोग्य नभएको हुनुपर्ने हुन्छ । 

आवेदन कार्तिक १३ गतेसम्म कार्यालय समयभित्र बुझाइसक्नुपर्ने र इच्छुक उम्मेदवारले योग्यता खुल्ने प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा जारी गरेको थियो । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र सूचना आयुक्तद्वय कमला ओली र रत्नप्रसाद मैनालीको ५ वर्षे पदावधि सकिन लागेकाले रिक्त हुने उक्त पदमा योग्य र उपयुक्त व्यक्तिको नियुक्तिका लागि सिफारिस गर्न ऐनको दफा ११ को उपदफा ३ बमोजिम गठित सिफारिस समितिको बैठकले आयोगको रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न योग्य तथा इच्छुक उम्मेदवारबाट दरखास्त माग गर्ने निर्णय गरेअनुसार यो दरखास्त आह्वान गरेको थियो । 

ऐनको दफा ११ अनुसार उपदफा ३ अनुसार प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुख देवराज घिमिरेको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ । समितिको सदस्य सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending