काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आव २०७८/०७९मा ७२ मेट उत्पादन गरी रु नौ करोड ६० लाखको निर्यात गरिएको थियो । बोर्डले आव २०८०/०८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ ।
आव २०७८/०७९ मा देशभर ४५० मेट कफीको आयात गरी रु ३२ करोड खर्च गरिएकामा आव २०७९/०८० मा रु १० करोडको मात्र आयात गरिएको थियो । यो करिब रु २२ करोडले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए । उनले कफीका लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले उत्पादनमा पनि वृद्धि भएको बताए ।
हाल देशभर तीन हजार छ सय ५९ हेक्टर क्षेत्रफल जमिनमा कफी विस्तार गरी करिब तीन सय ९५ मेट्रिकटन ‘ग्रिनविन’ उत्पादन गरिएको छ । यस क्षेत्रमा कार्यरत कृषकको सङ्ख्या हाल ३३ हजार छ भने नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग करिब १४ हजार मेट्रिकटन रहेको बोर्डले जनाइएको छ । नेपालमा गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४३ जिल्लामा यसको व्यावसायिक खेती हुँदै आएको जनाइएको छ ।
यस्तै आव २०७८/०७९मा देशभर चियाको निर्यात रु तीन अर्ब ८० करोड रहेकामा आव २०७९/०८० मा करिब रु १४ करोडले वृद्धि भएको छ । चिया उद्योगको सङ्ख्या एक सय ६१ पुगेको छ । यस क्षेत्रमा करिब ६० हजार श्रमिक कार्यरत रहेको बोर्डका अधिकृत चन्द्र पुरीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८२ - २०:२९
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ । रौताम...
आषाढ़ ८ गते, २०८२ - २०:२१
आछाम । अछाममा बलात्कृत दृष्टिविहीन महिलाले बच्चा जन्माएकी छन् । २१ वर्षीया महिलाले जिल्ला अस्पताल मंगलसेनमा आइतबार छोरा जन्माएकी हुन् । अस्पताल स्र...
आषाढ़ ८ गते, २०८२ - २०:०९
झापा । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको ...
आषाढ़ ८ गते, २०८२ - २०:०६
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाब...
आषाढ़ ८ गते, २०८२ - २०:०२
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन वि.सं. २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ ...
आषाढ़ ८ गते, २०८२ - १९:०२
काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।...
आषाढ़ ८ गते, २०८२ - १८:५७
काठमाडौं । क्यानडा अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपमा छनोट भएको छ । अमेरिकी छनोट अन्तर्गत शनिबार राति भएको खेलम...
आषाढ़ ८ गते, २०८२ - १८:५३
बाजुरा । गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गौमूल वडा नम्बर३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्र...
आषाढ़ ८ गते, २०८२ - १८:२३
काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प...
आषाढ़ ८ गते, २०८२ - १८:१९
बैङ्कक । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग...
प्रतिकृया लेख्नुहोस्: