बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष किसानसँग ४० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।
यस वर्ष कम्पनीले बाँकेका किसानहरुसँग ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले जानकारी दिए । “यस वर्ष हामीले बाँकेका किसानसँग ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेका छौँ ।” मुख्य शाखा प्रमुख लामिछानेले भने, “मोटा धानको तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपियाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गर्ने तयारी गरेका छौँ ।”
गतवर्ष लक्ष्य लिइएको भन्दा निकै कम मात्रामा धान खरिद भएको उनले जानकारी दिए । “गत साल हामीले ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ, तर लक्ष्यभन्दा निकै कम जम्मा आठ हजार क्विन्टल मात्र धान खरिद गर्न सक्यौँ,” लामिछानेले भने, “गत वर्ष सरकारले तोकेको मूल्यभन्दा बजारमा किसानहरुले धेरै मूल्य पाए र बजारका गल्ला व्यापारी र मिलहरुमा लगेर बिक्री गरे, हामीले न्यून मात्रामा खरिद गर्न सक्यौँ ।”
गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्य पनि बढाएको र धान खरिद पनि अगाडिबाट नै सुरु गरिएको हुँदा लक्ष्य पूरा गर्न सकिने आशा गरिएको उनको भनाइ छ । “गत वर्षभन्दा यस वर्ष सरकारले पनि न्यूनतम समर्थन मूल्यमा वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि छिटो सुरु गरेका छौँ, त्यसकारण यस वर्ष लक्ष्यमा पुगिन्छ भन्ने आशा गरेका छौँ,” लामिछानेले भने, “गत वर्ष मङ्सिर ६ गतेबाट धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कार्तिक २० गतेदेखि नै सुरु गर्न थालेका छौँ ।”
खाद्यमा धानको क्वालिटी लगायतको मापदण्ड, स्थानीय तहको सिफारिसलगायतका प्रक्रिया हुने भएर पनि धेरै किसानहरु सोझै बजारका व्यापारी र मिलहरुमा पुग्ने गरेको र सरकारको भन्दा बजारमा मूल्य पनि बढी पाउँदा उतै आकर्षित हुने गरेको पनि उनले बताए । “हामीले काँटा लगाएर खरिद गर्नु अगाडि बजारका व्यापारीहरुले आफ्नो मूल्यमा सस्तोमा धान खरिद गर्ने गर्छन्, जब हामीले काँटा लगाएर खरिद सुरु गर्छौँ, उनीहरुले हाम्रोभन्दा बढी मूल्य किसानलाई दिन्छन् र किसान उतै जान्छन् । किसानले राम्रो मूल्य पाउनु खुसीकै कुरा हो, यसले हाम्रो लक्ष्य पूरा नभए पनि उनीहरु सन्तुष्ट हुन्छन्, यसैकारण यस वर्ष लक्ष्य पनि घटाइएको हो,” उनले भने ।
कात्तिक २० गते मङ्गलबारबाट धान खरिद सुरु गरिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कम्पनीको कारकाँदोस्थित कार्यालय परिसर र साबिकको नेशनल ट्रेडिङ लिमिटेडमा खरिद केन्द्र राखेर किसानहरुसँग धान खरिद गर्न लागिएको हो । धान बिक्री गर्न ल्याउँदा किसानले आफ्नो सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिसपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: