बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष किसानसँग ४० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।
यस वर्ष कम्पनीले बाँकेका किसानहरुसँग ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले जानकारी दिए । “यस वर्ष हामीले बाँकेका किसानसँग ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेका छौँ ।” मुख्य शाखा प्रमुख लामिछानेले भने, “मोटा धानको तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपियाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गर्ने तयारी गरेका छौँ ।”
गतवर्ष लक्ष्य लिइएको भन्दा निकै कम मात्रामा धान खरिद भएको उनले जानकारी दिए । “गत साल हामीले ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ, तर लक्ष्यभन्दा निकै कम जम्मा आठ हजार क्विन्टल मात्र धान खरिद गर्न सक्यौँ,” लामिछानेले भने, “गत वर्ष सरकारले तोकेको मूल्यभन्दा बजारमा किसानहरुले धेरै मूल्य पाए र बजारका गल्ला व्यापारी र मिलहरुमा लगेर बिक्री गरे, हामीले न्यून मात्रामा खरिद गर्न सक्यौँ ।”
गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्य पनि बढाएको र धान खरिद पनि अगाडिबाट नै सुरु गरिएको हुँदा लक्ष्य पूरा गर्न सकिने आशा गरिएको उनको भनाइ छ । “गत वर्षभन्दा यस वर्ष सरकारले पनि न्यूनतम समर्थन मूल्यमा वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि छिटो सुरु गरेका छौँ, त्यसकारण यस वर्ष लक्ष्यमा पुगिन्छ भन्ने आशा गरेका छौँ,” लामिछानेले भने, “गत वर्ष मङ्सिर ६ गतेबाट धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कार्तिक २० गतेदेखि नै सुरु गर्न थालेका छौँ ।”
खाद्यमा धानको क्वालिटी लगायतको मापदण्ड, स्थानीय तहको सिफारिसलगायतका प्रक्रिया हुने भएर पनि धेरै किसानहरु सोझै बजारका व्यापारी र मिलहरुमा पुग्ने गरेको र सरकारको भन्दा बजारमा मूल्य पनि बढी पाउँदा उतै आकर्षित हुने गरेको पनि उनले बताए । “हामीले काँटा लगाएर खरिद गर्नु अगाडि बजारका व्यापारीहरुले आफ्नो मूल्यमा सस्तोमा धान खरिद गर्ने गर्छन्, जब हामीले काँटा लगाएर खरिद सुरु गर्छौँ, उनीहरुले हाम्रोभन्दा बढी मूल्य किसानलाई दिन्छन् र किसान उतै जान्छन् । किसानले राम्रो मूल्य पाउनु खुसीकै कुरा हो, यसले हाम्रो लक्ष्य पूरा नभए पनि उनीहरु सन्तुष्ट हुन्छन्, यसैकारण यस वर्ष लक्ष्य पनि घटाइएको हो,” उनले भने ।
कात्तिक २० गते मङ्गलबारबाट धान खरिद सुरु गरिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कम्पनीको कारकाँदोस्थित कार्यालय परिसर र साबिकको नेशनल ट्रेडिङ लिमिटेडमा खरिद केन्द्र राखेर किसानहरुसँग धान खरिद गर्न लागिएको हो । धान बिक्री गर्न ल्याउँदा किसानले आफ्नो सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिसपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: