काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको स्वास्थ्य बीमा बोर्डले यो वर्ष हालसम्म १२ अर्ब रूपैयाँ सोधभर्ना९दाबी भुक्तानी० गरिसकेको छ। स्वास्थ्य सेवा प्रदायक संस्थालाइ सोधभर्ना गर्नुपर्ने वापतको रकमवापतको दायीत्व अझै बाँकी छ।
बोर्डमार्फत बीमा कार्यक्रममा सहभागि हुने बीमितबाट बोर्डले वार्षिक करिब २ अर्ब ५० करोड रूपैयाँ बीमाशुल्क संकलन गर्दै आएको छ। महत्वकांक्षी सामाजिक सुरक्षा कार्यक्रमका रूपमा सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रमका लागि सरकारले बोर्डलाई ७ अर्ब रूपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। साढे १२ अर्ब रूपैयाँमध्ये बाँकी रकम कोषले कोषमा बचत रहेको रकमबाट भुक्तानी गरेको हो।
सरकारले उपलब्ध गराएको रकम सधैं अपुग हुने गरेको छ। बीमा कार्यक्रममा आबद्ध जनसंख्यामा उल्लेख्य वृद्धि हुन नसके पनि दाबी भुक्तानीवापतको दायीत्व वार्षिकरूपमा क्रमशः बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सुविधा थैलीको सीमा ५ लाख रूपैयाँ पुर्याउने घोषणा गरेका छन्। पर्याप्त श्रोत र आधार बिना नै सस्तो लोकप्रियताका लागि घोषणा गरेको भन्दै पौडेलको आलोचना भइरहेको छ। अहिले स्वास्थ्य बीमामा प्रति बीमित वार्षिक सुविधा थैलीको सीमा १ लाख रूपैयाँ मात्र छ।
२०७२ साल चैतदेखि लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जम्मा ९० लाख नागरिक आबद्ध छन् । उपचार सेवा लिन धेरै समय लाग्ने र पूर्ण सेवा नपाइने भएकाले बीमितको नविकरण दर कमजोर छ।
वार्षिक ३ हजार ५ सय रुपैयाँ बीमाशुल्कको भुक्तानीमा वार्षिक १ लाख रूपैयाँ बराबरको उपचार प्राप्त गर्छन् । यसका लागि प्रत्येक पटकको उपचार खर्चवापतको १० प्रतिशत रकम बीमितले पनि व्यहोर्नुपर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: