Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

विजय कामरेड पसिनाको मूल्य पाउन कतिन्जेल तपाईँको ढोका ढकढक्याउनु पर्ने हो ?

मनोज भट्टराई
मनोज भट्टराई

प्रिय कामरेड डा. विजय पौडेल
नमस्कार,
लामाे समय भयाे तपाईँकाे कार्यालयकाे ढाेका नढकढक्याएकाे अनि लामै समय भएछ तापाईँकाे दर्शन गर्न नआएकाे पनि । 

प्रिय कामरेड, तपाईँसँग बसेर नेपालकाे कम्युनिष्ट आन्दाेलनका विषयमा र वर्गीय समानताका कुरा गर्न मन हुँदा हुँदै पनि समय जुरेन । एउटै छानामुनीबाट छुट्टीएर अर्काे घरकाे छँना लगाउनु पर्याे यसमा धेरै दुःख लागेकेा छ ।  तपाईँ सँग छुट्टीएर अर्काे घरमा नजाउँ भन्दा पनि के गर्ने कामरेड पेट पाल्नै पर्याे आफु जता गयााे पापी पेट सँगै जाने नै रहेछ याे पेट पाल्नका लागि भएपनि तपाईँकाे घरबाट छुट्टीएर अर्काे घर बनाउन बाध्य हुन पर्याे ।ततपाईँसँग अझैपनि टाढा त भइएकाे छैन तर समयले टाढा बनाए जस्ताे गरिरहेकाे छ । नलेखाैं नलेखाैं भन्दा पनि दिन हप्ता महिना अनि वर्षहरुनै बिते मैले र मजस्ता काम गरेर खाने दर्जानाै पत्प्रिरकारहरुले काम गरेकाे पसीनाकाे मूल्यया पाउन नसकि रहेकाे अवस्थामा आफ्नाे काम गरेकाे पसिनाकाे मूल्य पाउने आशामा तपाईँलाई याे खुला पत्र लेख्न बाधय भएर लेखि रहेकाे छु ।

कामरेड, २०७८ असारमा तपाईँ अध्यक्ष रहेकेा जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता टेलिभिजन एचडी र जनता सञ्चार डट.कम र रेडियो जनता ८९ थोप्लो १ मेगाहर्जमा जोडिने मौका मिल्यो । काम गरर्ने सहज वाताबरण भएपनि  पेटपाल्नका लागि नै तपाईँकाे नेतृत्वाबाट टाढीँदा दुःख तत लाागेकै छ ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित यी सञ्चार माध्यममा जोड्नको लागि रेडियो जनताका तत्कालीन स्टेसन मेनेजर आत्मीय मित्र स्व. दीपेन्द्र दोङले खेलेको भूमिका म कहिल्यै बिर्सन सक्दिन । मित्र दीपेन्द्रले मलाई मोफसलमा खुम्चिएर बस्न भन्दा केन्द्रमै राम्रो हुन्छ रेडियो, अनलाइन र टिभीमा जहाँ काम गरे पनि काठमाडौँ आउन अनुरोध गरेपछि म जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित यी सञ्चार माध्यम जोडिन पुगेको थिएँ ।

केही समय गृह जिल्ला ओखलढुङ्गामा रहेर रेडियो पत्रकारिता गरेका मित्र जनक ताम्राकार र रामेछापबाट पनि रेडियो पत्रकारिता गरेका नारायण श्रेष्ठ भाइहरुपनि त्यही काम गर्ने भएका कारण पनि मैले त्यहाँ काम गर्ने  मानसिकता बनाएर जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता समाचार डट.कममा जोडिएँ । निरन्तर काम गर्दै जाँदा कोभिडको कारण देखाउँदै व्यवस्थापकले चिल्ला कुरा गरेर मजदुरलाई पारिश्रमिक दिन सुरुमा केही दिन, केही हप्ता हुँदै महिानौं बित्न थाली सकेको थियो ।

काम गरेको पैसा ढिला हुन थाले सँगै धेरै साथीहरू जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट टाढा हुन थाली सकेको कुरा तपाई अनि आम सरोकारवाला सबैलाई थाहा भएकै कुरा हो । प्रिय कामरेड, तपाई तत्कालीन नेकपाको नेता, माओवादी र एमाले आ–आफ्नै दिशातिर लागेपछि एमालेमा पनि माधव नेपाल गुटको नेता, एमाले विभाजन पछि नेपाल नेतृत्वको एकीकृत समाजवादीको उपमहासचिव बन्न भ्याई सक्नु भयो । 

तपाईँलाई अन्य साथीहरूले साथ छोड्दै गए पनि तपाई जत्तिको मान्छेले मजदुरलाई मार्नुहुन्न भनेर लामो समय तपाईँको नेतृत्वमा चलिरहेका सञ्चार माध्यममा रहेर काम गरी रह्यो । तर, काम गरेर दाम नपाए पछि जिन्दगी चलाउन त गाह्रो नै हुन्छ । पेट पाल्नकै लागि भए पनि तपाईँको साथ त छाड्नु पर्ने नै  भयो । 

दर्जनौँ साथीहरूले तपाई र तपाईँको समूहले गरेका चिल्ला कुरामा मख्ख भएर काम गरेको परिश्रमिक पछि पाउने आसामा तपाईँको साथ छाड्नु भयो र मैले पनि आफुले काम गरेको पसिनाको मूल्य पछि पाउने विश्वासमा तापलाईको साथ छाडेँ । तपाईँको कम्पनीमा काम गरेको हप्ता महिना मात्र हैन वर्ष बिते तर पसिनाको मूल्य आज सम्म पाउन सकिएन ।

लामो समय पारिश्रमिक नपाएपछि  तपाईँको कार्यालयको प्रवेशद्वारमा आन्दोलन भए तर, तपाईँले आश्वासन देखि केही दिन सक्नु भएको छैन । तपाईँ अनि तपाईँको कार्यालयका माथिल्लो तहका कर्मचारीहरू चिल्ला गाडी चढेर आडत्वका कुरा गरेर हिँडी रहनु भएको छ तर, हामी जस्ता तल्लो तहका कर्मचारीहरूलाई पारिश्रमिक दिन सकिरहनु भएको छैन । म र म जस्ता दर्जनौँ पत्रकार साथीहरूले तपाई र तपाईँको कार्यालयका माथिल्लो तहका कर्मचारी सँग कतिन्जेल हात थाप्दै तपाईँको ढोका ढकढक्याउन आउनु पर्ने हो ? काम गरेको पसिनाको मूल्य लिन पनि तपाई सँग भिख मागे झैँ कन्जिेल हात थाप्न पर्ने हो कामरेड ?

कामरेड, तपाई एउटा राजनीतिक दलको नेता कतिपय सभा समारोहमा आदर्शका कुरा गरेर हिँडी रहनु भएको छ । तर तपाईँले जतिसुकै आदर्शका कुरा गरे पनि तपाईँको वास्तविकता त हामी सबैलाई थाहा भएकै कुरा हुन । यसरी जनतालाई कहिले सम्म दिग्भ्रमित पारी रहनु हुन्छ । आफ्नो पक्षमा आम सर्वसाधारणलाई ल्याउन अरूको विरुद्ध उचाले पनि तपाईँहरूले गर्ने व्यवहार पनि त आखिर एउटै नै रहेछ । 

प्रिय कामरेड अन्तमा पसिनाकाे मूल्य पाउनका लागि तपाईँकाे ढाेकामा हात थाप्दै आएकाे धेरै पटक भयाे । धेरै आर्थिक वर्ष अनि धेरै वर्षका दशैँ तिहार बिती सके तर काम गरेकाे पसिनाकाे मूलय पाउन सकिएकाे छैन आशा छ अब तपाईँले छिट्टै म र मजस्ता दर्जनाै पत्रकार साथीहरुकाे पसिनाकाे मूल्य दिनु हुने छ ।

उही तपाईकाे तत्कालिन कर्मचारी

मनाेज भट्टराई

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending