Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

विजय कामरेड पसिनाको मूल्य पाउन कतिन्जेल तपाईँको ढोका ढकढक्याउनु पर्ने हो ?

मनोज भट्टराई
मनोज भट्टराई

प्रिय कामरेड डा. विजय पौडेल
नमस्कार,
लामाे समय भयाे तपाईँकाे कार्यालयकाे ढाेका नढकढक्याएकाे अनि लामै समय भएछ तापाईँकाे दर्शन गर्न नआएकाे पनि । 

प्रिय कामरेड, तपाईँसँग बसेर नेपालकाे कम्युनिष्ट आन्दाेलनका विषयमा र वर्गीय समानताका कुरा गर्न मन हुँदा हुँदै पनि समय जुरेन । एउटै छानामुनीबाट छुट्टीएर अर्काे घरकाे छँना लगाउनु पर्याे यसमा धेरै दुःख लागेकेा छ ।  तपाईँ सँग छुट्टीएर अर्काे घरमा नजाउँ भन्दा पनि के गर्ने कामरेड पेट पाल्नै पर्याे आफु जता गयााे पापी पेट सँगै जाने नै रहेछ याे पेट पाल्नका लागि भएपनि तपाईँकाे घरबाट छुट्टीएर अर्काे घर बनाउन बाध्य हुन पर्याे ।ततपाईँसँग अझैपनि टाढा त भइएकाे छैन तर समयले टाढा बनाए जस्ताे गरिरहेकाे छ । नलेखाैं नलेखाैं भन्दा पनि दिन हप्ता महिना अनि वर्षहरुनै बिते मैले र मजस्ता काम गरेर खाने दर्जानाै पत्प्रिरकारहरुले काम गरेकाे पसीनाकाे मूल्यया पाउन नसकि रहेकाे अवस्थामा आफ्नाे काम गरेकाे पसिनाकाे मूल्य पाउने आशामा तपाईँलाई याे खुला पत्र लेख्न बाधय भएर लेखि रहेकाे छु ।

कामरेड, २०७८ असारमा तपाईँ अध्यक्ष रहेकेा जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता टेलिभिजन एचडी र जनता सञ्चार डट.कम र रेडियो जनता ८९ थोप्लो १ मेगाहर्जमा जोडिने मौका मिल्यो । काम गरर्ने सहज वाताबरण भएपनि  पेटपाल्नका लागि नै तपाईँकाे नेतृत्वाबाट टाढीँदा दुःख तत लाागेकै छ ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित यी सञ्चार माध्यममा जोड्नको लागि रेडियो जनताका तत्कालीन स्टेसन मेनेजर आत्मीय मित्र स्व. दीपेन्द्र दोङले खेलेको भूमिका म कहिल्यै बिर्सन सक्दिन । मित्र दीपेन्द्रले मलाई मोफसलमा खुम्चिएर बस्न भन्दा केन्द्रमै राम्रो हुन्छ रेडियो, अनलाइन र टिभीमा जहाँ काम गरे पनि काठमाडौँ आउन अनुरोध गरेपछि म जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित यी सञ्चार माध्यम जोडिन पुगेको थिएँ ।

केही समय गृह जिल्ला ओखलढुङ्गामा रहेर रेडियो पत्रकारिता गरेका मित्र जनक ताम्राकार र रामेछापबाट पनि रेडियो पत्रकारिता गरेका नारायण श्रेष्ठ भाइहरुपनि त्यही काम गर्ने भएका कारण पनि मैले त्यहाँ काम गर्ने  मानसिकता बनाएर जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता समाचार डट.कममा जोडिएँ । निरन्तर काम गर्दै जाँदा कोभिडको कारण देखाउँदै व्यवस्थापकले चिल्ला कुरा गरेर मजदुरलाई पारिश्रमिक दिन सुरुमा केही दिन, केही हप्ता हुँदै महिानौं बित्न थाली सकेको थियो ।

काम गरेको पैसा ढिला हुन थाले सँगै धेरै साथीहरू जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट टाढा हुन थाली सकेको कुरा तपाई अनि आम सरोकारवाला सबैलाई थाहा भएकै कुरा हो । प्रिय कामरेड, तपाई तत्कालीन नेकपाको नेता, माओवादी र एमाले आ–आफ्नै दिशातिर लागेपछि एमालेमा पनि माधव नेपाल गुटको नेता, एमाले विभाजन पछि नेपाल नेतृत्वको एकीकृत समाजवादीको उपमहासचिव बन्न भ्याई सक्नु भयो । 

तपाईँलाई अन्य साथीहरूले साथ छोड्दै गए पनि तपाई जत्तिको मान्छेले मजदुरलाई मार्नुहुन्न भनेर लामो समय तपाईँको नेतृत्वमा चलिरहेका सञ्चार माध्यममा रहेर काम गरी रह्यो । तर, काम गरेर दाम नपाए पछि जिन्दगी चलाउन त गाह्रो नै हुन्छ । पेट पाल्नकै लागि भए पनि तपाईँको साथ त छाड्नु पर्ने नै  भयो । 

दर्जनौँ साथीहरूले तपाई र तपाईँको समूहले गरेका चिल्ला कुरामा मख्ख भएर काम गरेको परिश्रमिक पछि पाउने आसामा तपाईँको साथ छाड्नु भयो र मैले पनि आफुले काम गरेको पसिनाको मूल्य पछि पाउने विश्वासमा तापलाईको साथ छाडेँ । तपाईँको कम्पनीमा काम गरेको हप्ता महिना मात्र हैन वर्ष बिते तर पसिनाको मूल्य आज सम्म पाउन सकिएन ।

लामो समय पारिश्रमिक नपाएपछि  तपाईँको कार्यालयको प्रवेशद्वारमा आन्दोलन भए तर, तपाईँले आश्वासन देखि केही दिन सक्नु भएको छैन । तपाईँ अनि तपाईँको कार्यालयका माथिल्लो तहका कर्मचारीहरू चिल्ला गाडी चढेर आडत्वका कुरा गरेर हिँडी रहनु भएको छ तर, हामी जस्ता तल्लो तहका कर्मचारीहरूलाई पारिश्रमिक दिन सकिरहनु भएको छैन । म र म जस्ता दर्जनौँ पत्रकार साथीहरूले तपाई र तपाईँको कार्यालयका माथिल्लो तहका कर्मचारी सँग कतिन्जेल हात थाप्दै तपाईँको ढोका ढकढक्याउन आउनु पर्ने हो ? काम गरेको पसिनाको मूल्य लिन पनि तपाई सँग भिख मागे झैँ कन्जिेल हात थाप्न पर्ने हो कामरेड ?

कामरेड, तपाई एउटा राजनीतिक दलको नेता कतिपय सभा समारोहमा आदर्शका कुरा गरेर हिँडी रहनु भएको छ । तर तपाईँले जतिसुकै आदर्शका कुरा गरे पनि तपाईँको वास्तविकता त हामी सबैलाई थाहा भएकै कुरा हुन । यसरी जनतालाई कहिले सम्म दिग्भ्रमित पारी रहनु हुन्छ । आफ्नो पक्षमा आम सर्वसाधारणलाई ल्याउन अरूको विरुद्ध उचाले पनि तपाईँहरूले गर्ने व्यवहार पनि त आखिर एउटै नै रहेछ । 

प्रिय कामरेड अन्तमा पसिनाकाे मूल्य पाउनका लागि तपाईँकाे ढाेकामा हात थाप्दै आएकाे धेरै पटक भयाे । धेरै आर्थिक वर्ष अनि धेरै वर्षका दशैँ तिहार बिती सके तर काम गरेकाे पसिनाकाे मूलय पाउन सकिएकाे छैन आशा छ अब तपाईँले छिट्टै म र मजस्ता दर्जनाै पत्रकार साथीहरुकाे पसिनाकाे मूल्य दिनु हुने छ ।

उही तपाईकाे तत्कालिन कर्मचारी

मनाेज भट्टराई

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending