माेरङ । मोरङको सुन्दरहरैँचा –५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उनका पाँचजना छोरीहरू र आमा टीका दशगात्र किरियामा बसेका छन् ।
शाहीको कात्तिक ६ गते मिर्गौला र कलेजो रोगका कारण निधन भएको थियो । शाहीका पाँच छोरीहरू छन् । परम्परागत हिन्दू संस्कारअनुसार परिवारका छोरा वा पुरुष सदस्यले मात्र किरिया बस्ने चलन छ । शाहीका पाँचै जना छोरीहरूले मिलेर आफ्ना पितालाई दागबत्ती दिएर दशगात्र किरिया कर्म पनि गरिरहेका छन् ।
मृतक शाहीको ईच्छाअनुसार नै छोरीहरूले दागबत्ती दिएर काज किरिया गरेको आमा टीका शाहीले बताइन । “बुवाले किरिया गर्ने कोही नखोज्नु आफै गर्नु भन्नुभएको थियो, त्यसैले बुबाको अन्तिम ईच्छा पूरा गरिदिएका हौं, छोरी जेनिसाले भनिन ।
जेनिसासँगै जस्मीन, कृष्टिना, कसिस र प्रेरणाले कपाल मात्र खौरिएका छैनन । अरु सबै भेष किरियापुत्रीको जस्तै छ । सामाजिक कर्म पनि सबै प्रक्रिया पुगाएर गरिरहेका छन् । गाउँघरमा तिहारको झिलिमिलि चलिरहेको बेला उनिहरू स्नेहपूर्वक बुबाको काजकिरिया गरिरहेका छन् । स्थानीयले छोरीहरूलाई स्यावास दिँदै वियोगमा साथ दिइरहेका छन् ।
शाही परिवारको यो निर्णयले समाजमा नयाँ सन्देश प्रवाह गरेको छ । केहीले पितृसतात्मक परम्परालाई चुनौती दिँदै छोरीहरूले गरेको कदमलाई स्वागत गरेका छन् । सुन्दरहरैँचा ५ का वडाध्यक्ष गणेश चौधरीले भने– किरिया गर्ने अधिकार छोरीहरूले आफै स्थापित गर्दै जानुपर्छ ।
छोराले मात्र किरिया बस्नु पर्छ भन्ने सामाजिक परम्परा अन्त्य भए मात्र छोराछोरी दुबै बराबरी भन्ने नारा समेत सार्थक हुने स्थानीय शिवकुमार भट्टराई भोजपुरेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: