Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

आइपिएलका फ्रेन्चाइजीले कुन कुन खेलाडी रिटेन गरे ?

खबरडबली संवाददाता

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडीहरुको रिटेन र रिलिज गरेका छन् । फ्रेन्चाइजीहरुले खेलाडी रिटेनको सूची सार्बजनिक भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई आज बुझाएका हुन् । 

जसमा दिल्लीले कप्तान ऋषव पन्त, कोलकोताले कप्तान श्रेयस अय्यर र लखनउले कप्तान केएल राहुललाई रिलिज गरेका छन् । जसअनुसार चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीसहित कप्तान रुतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुवे र श्रीलंकाका बलर माथीसा पाथिरानालाई रिटेन गरेको छ ।

त्यस्तै डिफेन्डिङ च्याम्पियन कोलकोताले सुनिल नारन, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, हर्षित राना र वरुण चक्रवर्तीलाई रिटेन गरेको छ । कोलकोताले कप्तान श्रेयस अय्यरलाई रिलिज गरेको छ । त्यस्तै लखनउ सुपर जाइन्टले पनि कप्तान केएल राहुललाई रिलिज गरेको छ । लखनउले निकोलस पुरन, मयंक यादव, रवि विश्नोई, मोहसिन खान र आयुष बदोनीलाई रिटेन गरेको छ । त्यसैगरी सनराइजर्स हैदरावादले हेइनरिक क्लासेन, पाट कमिन्स, अभिषेक शर्मा, ट्राभीस हेड र नितिश कुमार रेड्डीलाई रिटेन गरेको छ । 

त्यस्तै गुजरात टाइटन्सले कप्तान शुभमन गील, राशिद खान, साइ सुदर्सन, राहुल तेवटिया र शाहरुख खानलाई रिटेन गरेको छ । त्यसैगरी राजस्थान रोयल्सले सन्जु सामसन, यशस्वी जैसवाल, रियान पराग, शिमरन हिटमेयर, ध्रुव जुरेल र सन्दीप शर्मालाई रिटेन गरेको छ । त्यसैगरी दिल्ली क्यापिटल्सले कप्तान ऋषव पन्तलाई रिटेन गरेको छैन । दिल्लीले अक्सर पटेल, कुलदीप यादव, ट्रीसटियन स्टबस र अभिषेक पोरेललाई रिटेन गरेको छ । 

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहली, रजत पाटीदार र बलर यश दयाललाई रिटेन गरेको छ । बैंगलुरुले कोहलीलाई कप्तान बनाउने बताइएको छ । त्यसैगरी पञ्जाव किंग्सले शशांक सिंह र प्रभसिमरन सिंहलाई मात्र रिटेन गरेको छ । त्यसैगरी मुम्बई इण्डियन्सले रोहित शर्मा, हार्दिक पाण्डेय, सुर्यकुमार यादव, जसप्रित बुमराह र तिलक बर्मालाई रिटेन गरेको छ । 

नयाँ रिटेन्सन नियम

आइपिएलले खेलाडी रिटेन्सनका लागि यो बर्ष नयाँ नियम ल्याएको छ । अब फ्रेन्चाइजी टोलीले आईपीएलको मेगा लिलामीअघि ६ खेलाडीलाई रिटेन गर्न सक्नेछन् । जसमा अधिकतम ५ अन्तर्राष्ट्रिय र २ अनक्याप्ड खेलाडी समावेश गर्न सकिनेछ । अन्तर्राष्ट्रिय खेलाडी जुनसुकै देशका हुन सक्छन् तर अनक्याप्ड खेलाडी भारतबाट मात्रै हुनुपर्ने नियम बनाइएको छ ।

उदाहरणको लागि मुम्बई इन्डियन्सले ५ अन्तर्राष्ट्रिय खेलाडीलाई रिटेन गर्यो भने अब टोलीले छैटौं खेलाडीको रूपमा अनक्याप्ड खेलाडीलाई मात्रै राख्न सक्नेछ । यदि टोलीले ४ अन्तर्राष्ट्रिय खेलाडी राखेमा २ जना अनक्याप्ड खेलाडी राख्ने विकल्प हुनेछ । त्यस्तै आइपीएल टोलीहरूको पर्स सीमा पनि १२० करोड रुपैयाँमा बढाइएको छ, पहिले यो १०० करोड भारु थियो ।

खेलाडी रिटेन्सन गर्दा पहिलो खेलाडीलाई रिटेन गर्न १८ करोड, दोस्रो खेलाडीलाई १४ करोड र तेस्रो खेलाडीलाई ११ करोड रुपैयाँ खर्च गरिनेछ । ३ खेलाडी मात्रै रिटेन गरेमा फ्रेन्चाइजीको पर्सबाट ४३ करोड रुपैयाँ खर्च हुनेछ । यदि टोलीले चौथो खेलाडीलाई रिटेन गर्यो भने उसलाई १८ करोड मात्रै तिर्नुपर्नेछ भने पाँचौं खेलाडीका लागि १४ करोड र अनक्याप्ड खेलाडीलाई रिटेन गर्न ४ करोड रुपैयाँ तिर्नु पर्ने छ ।

फ्रेन्चाइजीले ५ अन्तर्राष्ट्रिय र एक अनक्याप्ड खेलाडी राखेमा ७९ करोड रुपैयाँ खर्च हुनेछ भने ४ अन्तर्राष्ट्रिय र २ अनक्याप्ड खेलाडी राखेमा पर्सबाट ६९ करोड रुपैयाँ खर्च हुनेछ । त्यस्तै ५ अन्तर्राष्ट्रिय खेलाडी मात्रै राखेमा पर्सबाट ७५ करोड रुपैयाँ खर्च हुने छ । फ्रेन्चाइजीले आफ्नो इच्छा अनुसार पाँच क्याप खेलाडीहरू बीच ७५ करोड रुपैयाँको क्याप्ड रिटेन्सन पोट विभाजन गर्न अनुमति दिइएको छ ।

आइपिएलले फ्रेन्चाइजीका लागि खेलाडी रिटेन्सन सूची पेश गर्ने अन्तिम दिन अक्टोबर ३१ साँझ ५ बजेसम्म दिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending