Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

काभ्रेपलाञ्चोकको पाँचखाल सेज निर्माण अलपत्र

खबरडबली संवाददाता

बनेपा । सरकारले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ र ८ मा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा गरेको तेह्र वर्ष पुरा हुँदा पनि सेज निर्माणको कामले पूर्णता पाउन सकेको छैन । सरकारले निर्यातजन्य उद्योगहरुको स्थापना गरी व्यापारघाट कम गरी औद्योगिकीकरणमार्फत अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले वि.सं. २०६८ भदौ २७ गते बसेको मन्त्री परिषद्को बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । 

तत्कालिन (२०६८ भदौ २७ गतेको) मन्त्री परिषद्को बैठक पाँचखालमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने निर्णय गरेपनि मन्त्री परिषद्ले निर्णय गरेको सात वर्षपछि अर्थात् २०७५ असार २४ गते मात्रै सेजको नाममा जग्गा प्राप्ती भएको थियो । सेजको नाममा जग्गा प्राप्ती भएको छ वर्ष बितिसक्दा पनि हालसम्म सेजको लागि निर्माण गर्नुपर्ने पूर्वाधारलगायतको काम गर्न सकिएको छैन । 

सेज स्थापना गर्ने निर्णय गरिए पनि जग्गा प्राप्तीमा ढिलाई भएपछि सेजको काममा समेत ढिलाई भएको हो । विशेष आर्थिक क्षेत्र प्राधिकरण पाँचखाल साइट कार्यालयका निमिक्त प्रमुख तुलसीराम मरासिनीले सेजको लागि आवशयक पर्ने पूर्वाधार निर्माण तथा उद्योगहरु स्थापना गर्नका लागि आवश्यक पर्ने रुख कटानको प्रकृया अन्तिम चरणमा पुगेको बताए । उनले सेजभित्र रहेका १४ हजार ११ वटा रुख कटान गर्नुपर्ने भएकोले डिभिजन वन कार्यालय मार्फत वन विभागलाई सिफारिस गरिएको र विभागले रुख कटानको लागि स्वीकृत दिने काम अन्तिम चरणमा पुगेको बताए । मरासिनीले रुख कटानको स्वीकृती पाए लगत्तै डिभिजन वन कार्यालयमार्फत रुख कटान र रुख कटानपछि सेज निर्माण हुने स्थानको जग्गा सम्याउने, जग्गाको वरिपरी घेरावार लगाउने लगायतका कामहरु गरिने बताए । 

सरकारले सेज स्थापनाका लागि वन मन्त्रालयमार्फत तत्कालिन होक्से गाविसको देवीस्थान सामुदायिक वनको छ सय रोपनी र शिखरपुर सामुदायिक वनको चार सय रोपनी गरी एक हजार रोपनी जमिन उपलब्ध गराएको हो । एक हजार रोपनी वन उपलब्ध गराए वापत सरकारले वन मन्त्रालयलाई २० करोड रुपियाँ रकम उपलब्ध गराएको थियो । 

पाँचखाल सेज निर्माण अन्र्तगत हालसम्म सेजसम्म पुग्ने पहुँच मार्ग निर्माण, प्रशासनिक भवन निर्माण तथा सेज रहने स्थानमा तारवारको काम समेत गरिएको छ ।  सेज निर्माण हुने एक हजार रोपनी जमिनमध्ये २० रोपनी जमिनको रुख कटान गरी प्रशासनिक भवन निर्माण गरिएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरण पाँचखाल साइट कार्यालयका निमिक्त प्रमुख मरासिनीले सेजको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) निर्माण सम्पन्न भई वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र वातावरणीय व्यवस्थापन योजना (इएनटि) स्वीकृत समेत भईसकेको बताए । उनले सेजका लागि आवश्यक पर्ने प्रशासनिक भवनलगायतका काममा हालसम्म करिब १५ करोड ५३ लाख ४९ हजार सात सय रुपियाँ खर्च भएको बताए । 

महादेवस्थान सवडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हरिचन्द्र तिमल्सिनाले विशेष आर्थिक क्षेत्रका लागि कटान गर्नुपर्ने रुख कटानका लागि वन विभागमा स्वीकृतीका लागि पठाइएकोमा विभागबाट दुई वटा सामुदायिक वनको क्षेत्रमा कुन वनमा कति रुख पर्छ भनेर छुट्याएर पठाउन निर्देशन आएकोले रुखहरु छुट्याउने काम भईरहेको बताए । उनले कात्तिक महिनाभित्र रुख छ्ट्याउने काम सकिने बताए । 

डिपिआर अनुसार पाँचखालमा स्थापना हुने सेजको लागि करिब १४ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । डिपिआर अनुसार सेजमा प्रशासनिक भवन, सेवा भवन, सिमा पर्खाल, बाल उद्यान, फोहोर पानी प्रशोधन केन्द्र, रिफ्रेसमेन्ट सेन्टर, सार्वजनिक शौचालय, ठुला तथा साना सवारी साधन पार्किङ, खानेपानी ट्याङ्की निर्माण, खानेपानी प्रशोधन केन्द्र, बिद्युतको सव–स्टेशनलगायतका संरचना निर्माण हुनेछन् । पाँचखाल सेजभित्र ५२ वटा निर्यातजन्य उद्योगहरु स्थापना गर्न सकिनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: