Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

काभ्रेपलाञ्चोकको पाँचखाल सेज निर्माण अलपत्र

खबरडबली संवाददाता

बनेपा । सरकारले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ र ८ मा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा गरेको तेह्र वर्ष पुरा हुँदा पनि सेज निर्माणको कामले पूर्णता पाउन सकेको छैन । सरकारले निर्यातजन्य उद्योगहरुको स्थापना गरी व्यापारघाट कम गरी औद्योगिकीकरणमार्फत अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले वि.सं. २०६८ भदौ २७ गते बसेको मन्त्री परिषद्को बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । 

तत्कालिन (२०६८ भदौ २७ गतेको) मन्त्री परिषद्को बैठक पाँचखालमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने निर्णय गरेपनि मन्त्री परिषद्ले निर्णय गरेको सात वर्षपछि अर्थात् २०७५ असार २४ गते मात्रै सेजको नाममा जग्गा प्राप्ती भएको थियो । सेजको नाममा जग्गा प्राप्ती भएको छ वर्ष बितिसक्दा पनि हालसम्म सेजको लागि निर्माण गर्नुपर्ने पूर्वाधारलगायतको काम गर्न सकिएको छैन । 

सेज स्थापना गर्ने निर्णय गरिए पनि जग्गा प्राप्तीमा ढिलाई भएपछि सेजको काममा समेत ढिलाई भएको हो । विशेष आर्थिक क्षेत्र प्राधिकरण पाँचखाल साइट कार्यालयका निमिक्त प्रमुख तुलसीराम मरासिनीले सेजको लागि आवशयक पर्ने पूर्वाधार निर्माण तथा उद्योगहरु स्थापना गर्नका लागि आवश्यक पर्ने रुख कटानको प्रकृया अन्तिम चरणमा पुगेको बताए । उनले सेजभित्र रहेका १४ हजार ११ वटा रुख कटान गर्नुपर्ने भएकोले डिभिजन वन कार्यालय मार्फत वन विभागलाई सिफारिस गरिएको र विभागले रुख कटानको लागि स्वीकृत दिने काम अन्तिम चरणमा पुगेको बताए । मरासिनीले रुख कटानको स्वीकृती पाए लगत्तै डिभिजन वन कार्यालयमार्फत रुख कटान र रुख कटानपछि सेज निर्माण हुने स्थानको जग्गा सम्याउने, जग्गाको वरिपरी घेरावार लगाउने लगायतका कामहरु गरिने बताए । 

सरकारले सेज स्थापनाका लागि वन मन्त्रालयमार्फत तत्कालिन होक्से गाविसको देवीस्थान सामुदायिक वनको छ सय रोपनी र शिखरपुर सामुदायिक वनको चार सय रोपनी गरी एक हजार रोपनी जमिन उपलब्ध गराएको हो । एक हजार रोपनी वन उपलब्ध गराए वापत सरकारले वन मन्त्रालयलाई २० करोड रुपियाँ रकम उपलब्ध गराएको थियो । 

पाँचखाल सेज निर्माण अन्र्तगत हालसम्म सेजसम्म पुग्ने पहुँच मार्ग निर्माण, प्रशासनिक भवन निर्माण तथा सेज रहने स्थानमा तारवारको काम समेत गरिएको छ ।  सेज निर्माण हुने एक हजार रोपनी जमिनमध्ये २० रोपनी जमिनको रुख कटान गरी प्रशासनिक भवन निर्माण गरिएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरण पाँचखाल साइट कार्यालयका निमिक्त प्रमुख मरासिनीले सेजको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) निर्माण सम्पन्न भई वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र वातावरणीय व्यवस्थापन योजना (इएनटि) स्वीकृत समेत भईसकेको बताए । उनले सेजका लागि आवश्यक पर्ने प्रशासनिक भवनलगायतका काममा हालसम्म करिब १५ करोड ५३ लाख ४९ हजार सात सय रुपियाँ खर्च भएको बताए । 

महादेवस्थान सवडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हरिचन्द्र तिमल्सिनाले विशेष आर्थिक क्षेत्रका लागि कटान गर्नुपर्ने रुख कटानका लागि वन विभागमा स्वीकृतीका लागि पठाइएकोमा विभागबाट दुई वटा सामुदायिक वनको क्षेत्रमा कुन वनमा कति रुख पर्छ भनेर छुट्याएर पठाउन निर्देशन आएकोले रुखहरु छुट्याउने काम भईरहेको बताए । उनले कात्तिक महिनाभित्र रुख छ्ट्याउने काम सकिने बताए । 

डिपिआर अनुसार पाँचखालमा स्थापना हुने सेजको लागि करिब १४ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । डिपिआर अनुसार सेजमा प्रशासनिक भवन, सेवा भवन, सिमा पर्खाल, बाल उद्यान, फोहोर पानी प्रशोधन केन्द्र, रिफ्रेसमेन्ट सेन्टर, सार्वजनिक शौचालय, ठुला तथा साना सवारी साधन पार्किङ, खानेपानी ट्याङ्की निर्माण, खानेपानी प्रशोधन केन्द्र, बिद्युतको सव–स्टेशनलगायतका संरचना निर्माण हुनेछन् । पाँचखाल सेजभित्र ५२ वटा निर्यातजन्य उद्योगहरु स्थापना गर्न सकिनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending