Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बारामा हत्यामा संलग्न रहेको अभियोगमा एक पक्राउ

खबरडबली संवाददाता

बारा । बाराको महागढीमाई नगरपालिका-१ सेमरा तेगछिया नयका टोल बस्ने ५५ वर्षीय भुमि सुधार भन्ने नारायण प्रसाद यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई प्रहरीले पक्राउ गरेको छ । 

महागढीमाई नगरपालिका-१ सेमरा तेगछिया सडक खण्डमा नारायण प्रसादलाई कात्तिक १० गते साँझ पसलबाट घर जाने क्रममा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई कात्तिक १० गते उनकै घरबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा विवादको कारण उनले हत्या गरेको खुल्न आएको छ । साथै हत्यामा प्रयोग भएको खुकुरी चौधरीको घर पछाडी झाडीमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ । 

यसैगरी पर्सा वीरगंज महानगरपालिका-३ छप्कैया टोल बस्ने २६ वर्षीय बिरेन्द्र साह सोनारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पर्सा बहुदरामाई नगरपालिका-९ बस्ने २८ वर्षीय बिजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । 

बारा प्रसौनी गाउँपालिका-१ त्रिवेणीस्थित गण्डक नहरमा कात्तिक १ गते बिहान बिरेन्द्र साह मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न बिजय कुमारलाई कात्तिक ७ गते बारा कलैया उपमहानगरपालिका-१० मटिअर्वास्थित दशगंजाबाट प्रहरीले पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा बिजयले मृतकको श्रीमतीसँग प्रेम सम्बन्धको कारणले विवाद हुँदा बिरेन्द्रको हत्या गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाएको छ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending