Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ: सञ्चारमन्त्री गुरुङ

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्रालाई तीव्र गति दिने सम्भावनालाई ध्यानमा राख्दै सरकार यससम्बन्धी नीति निर्माणमा लागिपरेको बताएका छन् । 

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा राजधानीमा आजदेखि सुरु भएको एआई र रोबोट प्रविधिसम्बन्धी दुईदिने सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले देशको आर्थिक, औद्योगिक विकासका साथै अनुसन्धान र शिक्षाको उन्नयनमा एआईको असीमित भूमिका हुने समेत बताए । एआई र रोबोर्ट प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोग गर्न सके औद्योगिक क्षेत्रमा उत्पादनको सङ्ख्या, गुणस्तर मात्र बढ्ने नभई नवप्रवर्तनलाई प्रोत्साहन मिल्ने भएकाले सरकारले सार्वजनिक निजी साझेदारीअन्तर्गत अघि बढ्न चाहेको पनि मन्त्री गुरुङले बताए । 

नेपालले योजनाबद्ध रूपमा सूचना प्रविधिसम्बन्धी विशेष आर्थिक क्षेत्र अघि बढाउँदै सूचना प्रविधिमा क्रान्ति गर्नाका साथै वैदेशिक सूचना प्रविधि कम्पनीहरूलाई उनीहरूको उत्पादनका लागि ‘आउट सोर्सिङ’ गन्तव्यका रूपमा आकर्षित गर्न खोजेको मन्त्री गुरुङले बताए । “यसमार्फत हामीले सूचना प्रविधिमा दक्ष जनशक्तिलाई देशभित्रै आकर्षक रोजगारीको सुनिश्चितता गर्न खोजेका हौँ”, उनले भने । साथै नेपाललाई सूचना प्रविधिसम्बन्धी लगानीका लागि एउटा आकर्षक गन्तव्यका रूपमा  विकास गर्न खोजिएको मन्त्री गुरुङले बताए । एआईसहित उच्चस्तरको आइसिटी इकोसिस्टमसम्बन्धी लक्ष्य प्राप्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा एआईको प्रयोगसम्बन्धी अवधारण पत्रसमेत तयार पारिसकेको उनले उल्लेख गरे । 

सरकारले डिजिटल नेपाल फ्रेम वर्कसम्बन्धी नीतिको परिमार्जन आइटी एवं साइबर सुरक्षा ऐनको तयारीका साथ आवश्यक कानुन नीतिहरूसमेत बनाइरहेको उनले बताए । राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना तथा सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन निर्देशिका लागू हुने क्रममा रहेको उनले जानकारी दिए । 

मन्त्रालयले डिजिटल नेपाल फ्रेम वर्कको प्रभावकारी कार्यान्वयन गर्दै डिजिटल प्रविधिको सार्वजनिक प्रयोगलाई बढावा दिन खोजिरहेको मन्त्री गुरुङले बताए । दिगो विकास लक्ष्य, २०३० को प्राप्तिका लागि सूचना प्रविधि क्षेत्रलाई अघि बढाउन आवश्यक भएको उनको धारणा थियो । 

नेपाललाई सूचनाप्रविधि मैत्री तथा एआई मैत्री देश बनाउनका लागि निजीलगायत सबै क्षेत्रलाई मन, वचन र कर्मका साथ सहकार्य गर्न मन्त्री गुरुङले आह्वान गरे । कार्यक्रममा युरोपेली देशमा रोबर्ट प्रविधि प्रवर्द्धन गरिरहेको संस्था इयू रोबोटिक्सका उपाध्यक्ष प्राध्यापक जुवा रोनिङले एआईको प्रयोग मानव हितका साथै मानवीय मर्यादा कायम रहनेगरी गर्नुपर्नेमा जोड दिँदै नीतिनियमबाट निर्देशित एआई प्रयोग हुनुपर्ने बताए । “आजको समग्र चिन्ता नै एआईको प्रभावकारी, सर्वस्वीकार्य तथा सुरक्षित प्रयोग कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने हो”, उनले भने । 

अबुधावीस्थित खलिफा विश्वविद्यालय प्राध्यापक डा जे एम मनिन्द्र दियासले कृषि, स्वास्थ्यसहितका विकासका विभिन्न विधामा एआईको प्रयोगले चमत्कारिक नतिजा दिएको उदाहरणहरू प्रस्तुत गरेका थिए । सोमबारसम्म चल्ने सेमिनारमा एआई र रोबोर्ट यन्त्रको विकासमा विभिन्न क्षेत्रका भूमिका तथा आगामी बाटोबारे छलफल हुने आयोजक संस्था राष्ट्रिय युवा सङ्घ नेपालले जानकारी दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: