Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ: सञ्चारमन्त्री गुरुङ

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्रालाई तीव्र गति दिने सम्भावनालाई ध्यानमा राख्दै सरकार यससम्बन्धी नीति निर्माणमा लागिपरेको बताएका छन् । 

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा राजधानीमा आजदेखि सुरु भएको एआई र रोबोट प्रविधिसम्बन्धी दुईदिने सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले देशको आर्थिक, औद्योगिक विकासका साथै अनुसन्धान र शिक्षाको उन्नयनमा एआईको असीमित भूमिका हुने समेत बताए । एआई र रोबोर्ट प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोग गर्न सके औद्योगिक क्षेत्रमा उत्पादनको सङ्ख्या, गुणस्तर मात्र बढ्ने नभई नवप्रवर्तनलाई प्रोत्साहन मिल्ने भएकाले सरकारले सार्वजनिक निजी साझेदारीअन्तर्गत अघि बढ्न चाहेको पनि मन्त्री गुरुङले बताए । 

नेपालले योजनाबद्ध रूपमा सूचना प्रविधिसम्बन्धी विशेष आर्थिक क्षेत्र अघि बढाउँदै सूचना प्रविधिमा क्रान्ति गर्नाका साथै वैदेशिक सूचना प्रविधि कम्पनीहरूलाई उनीहरूको उत्पादनका लागि ‘आउट सोर्सिङ’ गन्तव्यका रूपमा आकर्षित गर्न खोजेको मन्त्री गुरुङले बताए । “यसमार्फत हामीले सूचना प्रविधिमा दक्ष जनशक्तिलाई देशभित्रै आकर्षक रोजगारीको सुनिश्चितता गर्न खोजेका हौँ”, उनले भने । साथै नेपाललाई सूचना प्रविधिसम्बन्धी लगानीका लागि एउटा आकर्षक गन्तव्यका रूपमा  विकास गर्न खोजिएको मन्त्री गुरुङले बताए । एआईसहित उच्चस्तरको आइसिटी इकोसिस्टमसम्बन्धी लक्ष्य प्राप्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा एआईको प्रयोगसम्बन्धी अवधारण पत्रसमेत तयार पारिसकेको उनले उल्लेख गरे । 

सरकारले डिजिटल नेपाल फ्रेम वर्कसम्बन्धी नीतिको परिमार्जन आइटी एवं साइबर सुरक्षा ऐनको तयारीका साथ आवश्यक कानुन नीतिहरूसमेत बनाइरहेको उनले बताए । राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना तथा सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन निर्देशिका लागू हुने क्रममा रहेको उनले जानकारी दिए । 

मन्त्रालयले डिजिटल नेपाल फ्रेम वर्कको प्रभावकारी कार्यान्वयन गर्दै डिजिटल प्रविधिको सार्वजनिक प्रयोगलाई बढावा दिन खोजिरहेको मन्त्री गुरुङले बताए । दिगो विकास लक्ष्य, २०३० को प्राप्तिका लागि सूचना प्रविधि क्षेत्रलाई अघि बढाउन आवश्यक भएको उनको धारणा थियो । 

नेपाललाई सूचनाप्रविधि मैत्री तथा एआई मैत्री देश बनाउनका लागि निजीलगायत सबै क्षेत्रलाई मन, वचन र कर्मका साथ सहकार्य गर्न मन्त्री गुरुङले आह्वान गरे । कार्यक्रममा युरोपेली देशमा रोबर्ट प्रविधि प्रवर्द्धन गरिरहेको संस्था इयू रोबोटिक्सका उपाध्यक्ष प्राध्यापक जुवा रोनिङले एआईको प्रयोग मानव हितका साथै मानवीय मर्यादा कायम रहनेगरी गर्नुपर्नेमा जोड दिँदै नीतिनियमबाट निर्देशित एआई प्रयोग हुनुपर्ने बताए । “आजको समग्र चिन्ता नै एआईको प्रभावकारी, सर्वस्वीकार्य तथा सुरक्षित प्रयोग कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने हो”, उनले भने । 

अबुधावीस्थित खलिफा विश्वविद्यालय प्राध्यापक डा जे एम मनिन्द्र दियासले कृषि, स्वास्थ्यसहितका विकासका विभिन्न विधामा एआईको प्रयोगले चमत्कारिक नतिजा दिएको उदाहरणहरू प्रस्तुत गरेका थिए । सोमबारसम्म चल्ने सेमिनारमा एआई र रोबोर्ट यन्त्रको विकासमा विभिन्न क्षेत्रका भूमिका तथा आगामी बाटोबारे छलफल हुने आयोजक संस्था राष्ट्रिय युवा सङ्घ नेपालले जानकारी दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

श्रीलङ्कालाई भारतको ४५ करोड डलर सहयोग

कोलम्बो । भारत सरकारले श्रीलङ्कालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्म...

बाँकेमा चिसोका कारण विद्यालय बन्द

बाँके । अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता...

प्रतिनिधिसभा निर्वाचनकाे लागि महोत्तरी–४ बाट प्रचण्ड र साहको उम्मेदवारी सिफारिस

महोत्तरी ।  आउँदै गरेको फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका केन्द्री...

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला न...

जेन–जी आन्दोलनका बेला फरार ११ जना पक्राउ

सिराहा । जेन–जी आन्दोलनको मौका छोपेर गत २४ भदौमा विभिन्न कारागार र बाल सुधारगृहबाट फरार भएकामध्ये दुई नाबालकसहित ११ जनालाई सिराहा प्रहरीले पक्राउ गरेक...

नजिब रजाकलाई नजरबन्द अस्वीकार

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...

भेनेजुएलामाथि दबाद बढाउँदै अमेरिकीका

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’ हुने धारणा व्यक्त गरेका छन् । अम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending