काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरकारी, फलफूल तथा माछाको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
आज नेपाली ठूलो गोलभेडा प्रतिकिलो ३५ देखि ४५ रुपैयाँ, सानो लोकल गोलभेडा ७ देखि ९ रुपैयाँ र टनेलको सानो गोलभेडा १० देखि २० रुपैयाँमा कारोबार भइरहेको छ। रातो लाम्चो आलु ४५–४८ रुपैयाँ, भारतीय रातो आलु २८–३० रुपैयाँ तथा भारतीय सुकेको प्याज ५३–५५ रुपैयाँ कायम भएको छ।
हरियो तरकारीतर्फ लोकल बन्दा २५–३५ रुपैयाँ, स्थानीय काउली ४०–६० रुपैयाँ, लौका २५–३५ रुपैयाँ, भिण्डी ३५–४० रुपैयाँ, तितो करेला २०–३० रुपैयाँ, घिरौला २५–३५ रुपैयाँ र पाकेको फर्सी ५०–६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
सागपातमा रायो, पालुङ्गो र चमसुरको साग ५०–६० रुपैयाँ, तोरीको साग ४०–५० रुपैयाँ तथा हरियो प्याज ७०–१०० रुपैयाँमा कारोबार भइरहेको छ। च्याउतर्फ कन्य च्याउ २३०–२६० रुपैयाँ, डल्ले च्याउ ३५०–४५० रुपैयाँ र सिताके च्याउ ८००–१००० रुपैयाँ प्रतिकिलो पुगेको छ।
फलफूलतर्फ फूजी स्याउ २८०–३०० रुपैयाँ प्रतिकिलो, नेपाली केरा २००–२५० रुपैयाँ प्रतिदर्जन, मालभोग केरा १८०–२०० रुपैयाँ प्रतिदर्जन, कागती १२०–१४० रुपैयाँ, मालदह आँप १४०–१५० रुपैयाँ र दसहरी आँप १५०–१६० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
मसला तथा अन्य वस्तुमा अदुवा १५०–२०० रुपैयाँ, सुकेको खुर्सानी ४५०–५०० रुपैयाँ, अकबरे हरियो खुर्सानी १५०–२२० रुपैयाँ, हरियो धनियाँ ८०–१०० रुपैयाँ र नेपाली सुकेको लसुन १५०–१८० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
माछातर्फ ताजा रहु माछा प्रतिकिलो ३२०–३४० रुपैयाँ, बचुवा माछा २८०–३०० रुपैयाँ, छडी माछा २८०–३०० रुपैयाँ तथा सुकेको माछा ८००–१००० रुपैयाँमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...
आषाढ़ ३२ गते, २०८३ - ०७:१५
मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...
आषाढ़ ३२ गते, २०८३ - ०७:१०
काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...
आषाढ़ ३२ गते, २०८३ - ०६:५९
काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...
आषाढ़ ३२ गते, २०८३ - ०६:५७
काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...



प्रतिकृया लेख्नुहोस्: