Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कञ्चनपुरका तीन ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन धान खरिद गरिँदै

खबरडबली संवाददाता

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जिल्लाका तीन ठाउँबाट धान खरिद गर्ने भएको छ । महेन्द्रनगरमा रहेको शाखा कार्यालय, बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा डिपो राखेर धान खरिद गरिने भएको हो ।

“स्थानीय तहको समन्वयमा बेदकोट र शुक्लाफाँटामा स्थान निर्धारण गरी धान खरिद गर्ने तयारी गरेका छौँ”, कार्यालय प्रमुख सुदर्शन थापाले भने, “सोमबारदेखि धान खरिद प्रक्रिया सुरु गर्छौं ।” जिल्ला प्राथमिक खरिद समन्वय समितिको बैठक राखेर धान खरिदका लागि छिट्टै निर्णय गरिने उनले बताए । धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर डिपो राखेर धान खरिद गर्न लागेको छ । डिपो राख्नका लागि कम्पनीको प्रदेशस्थित कार्यालयको टोलीले स्थलगत अध्ययन–अनुगमनको कार्य गरिसकेको छ । किसानबाट गुणस्तरीय धान खरिद गरिने उल्लेख गर्दै शाखा प्रमुख थापाले माटो भएको, भुस, पराल भएको, भिजेको धान खरिद नगरिने बताए । कम्पनीले किसानको मात्रै धान खरिद गर्ने भएको छ । व्यापारीको धान भने कम्पनीले खरिद नगर्ने जनाएको छ । 

किसानको गुणस्तरीय धान खरिद भए नभएकाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला खरिद समन्वय समितिले अनुगमन गर्नेछ । निर्धारित समर्थन मूल्यअनुसार प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा कम्पनीले किसानबाट मोटो धान खरिद गर्नेछ । जिल्लाका तीनवटै ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन (पन्ध्र हजार क्विन्टल) धान खरिद गरिने लक्ष्य राखिएको छ । 

गत वर्ष कम्पनीले दुई हजार नौ सय क्विन्टल धान मात्रै खरिद गरेको थियो । कम्पनीले गत वर्ष निर्धारित लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन । लक्ष्य पूरा गर्नका लागि तीन ठाउँमा डिपो राख्नुपरेको बताइएको छ । शाखा कार्यालयले खरिद गरिएको धान कुटानी गरी प्रदेशका माग भएका क्षेत्रमा आपूर्ति गर्दै आएको छ । कम्पनीका शाखा कार्यालय प्रमुख र सहयोगीसहित तीन कर्मचारी कार्यरत रहेका छन् । थोरै कर्मचारी हुँदा धान खरिद गर्नका लागि चुनौती रहेको छ । कम्पनीले डिपो राखेर धान खरिद गर्ने भएपछि स्थानीय किसानले खुसी व्यक्त गरेका छन् । 

“कम्पनीको धान खरिद डिपो स्थानीय तहमा नहुँदा महेन्द्रनगर बजार पुर्‍याएर बेच्नसक्ने अवस्था थिएन”, शुक्लाफाँटाका स्थानीय किसान रामकिसन डगौराले भने, “ढुवानी भाडा नै धेरै लाग्ने हुँदा स्थानीय खरिदकर्ता कहाँ थोरै मूल्यमा बिक्री गर्न बाध्य थियौँ ।” डिपोमा लगेर धान बिक्री गरी उचित मूल्य पाउनेमा उनी आशावादी देखिएका छन् । स्थानीय व्यापारीले अहिले प्रतिक्विन्टल धान रु दुई हजार तीन सयदेखि रु दुई हजार सात सयसम्ममा खरिद गरिरहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending