Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

घरआँगनमै पुग्छन् फूल व्यापारी

खबरडबली संवाददाता

भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याई । भक्तपुरमा सबभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरको आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरूले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोत समेत बनेको छ । 

काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढी फूल खेती हुने ठाउँको नामले चिनिने गरेको छ गुण्डु । यहाँका किसानले व्यावसायिक रूपमा आधा रोपनीदेखि पाँच रोपनीसम्मको क्षेत्रफलमा फूल खेती गरेका छन् । साउनदेखि टिप्न सुरु भएको मखमली र सयपत्री फूल अहिलेसम्म पनि टिप्न चटारो छ । 

यसरी सुरु भयो, गुण्डुमा व्यावसायिक फूलखेती

पाँच दशकअघिदेखि भक्तपुरमा व्यावसायिक रुपमा मखमलीको फूलखेती हुने ठाउँ चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला समुदाय हो । यहाँका बनमाला समुदायले मखमली फूलको खेती गर्न र तिहारमा स्थानीयस्तरदेखि भक्तपुरको बजारसम्म पुर्‍याएर आर्थिक उपार्जन गर्दै आएका थिए । यस क्षेत्रमा अहिले पनि यो समुदायले फूलखेती गर्दै आएको छ भने उनीहरुकै सिको गर्दै अन्य समुदाय एवं जातजातिका स्थानीयवासीले पनि १० वर्षदेखि सयपत्री र मखमलीको फूलखेती गर्दै आएका छन् । 

भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता व्यावसायिक रुपमा करोडौंको फूल तथा माला बिक्री गर्ने गरी यहाँ फूल खेती सुरु भएको हो । सूर्यविनायक नगरपालिका–७ गुण्डुका स्व. पहलमान नगरकोटीले करिब  ४० वर्षअघि मखमली फूलको व्यावसायिक खेती सुरु गरेको तथ्य फेला परेको बताउँछन, गुण्डुका वडाध्यक्ष रबिन्द्र सापकोटा । गुण्डुमा उनिबाट सुरु भएको फूलखेती अहिले व्यावसायिक फूलखेती गर्ने नमूना वडाको पहिचानसमेत बनेको छ । स्व. नगरकोटीकी पत्नी देवकुमारी नगरकोटी गुण्डुमा पहिलोपटक आफ्ना श्रीमानले मखमलीको  खेती सुरु गरेको बताउँदै यहाँ उत्पादन भएका फूल बिक्रीका लागि गुण्डुदेखि पैदल भक्तपुर बजार जाने गरेको बताउँछिन । 

भक्तपुरदेखि काठमाडौंका पशुपति, चावहिल, असन, इन्द्रचोकलगायतका बजारमा फूल बिक्री गर्न लैजादा त्यहाँका व्यापारीले आफ्नो बजारमा प्रतिस्पर्धा गर्न आएको भन्दै लखेट्ने गरेको तितो यथार्थ उनि सुनाउँछिन । त्यतिबेला बजारमा अरु व्यापारीसँग लुकेरै भए पनि एउटा माला एक सुकामा बेचेर आएको रकमले घरको १० जनाको परिवारको खर्च टार्नु पर्ने बाध्यता रहेपछि अहिले त्यही व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको उनि बताउँछिन । 

गाउँका अरुका माला पनि बजार पुर्‍याउने स्व.नगरकोटीले स्थानीयलाई फूलको बेर्ना राख्ने, स्याहार्ने, फूल टिप्नेदेखि खेती गर्न सिकाएको स्मरण गर्दै उनको पत्नी देवकुमारी आफ्नो घरबाट शुरु भएको खेती अहिले गुण्डुमा मुख्य खेतीको रुपमा बिकास भएका र अहिले व्यापारी घरघरमा आएर फूल लैजाने गरेको देख्दा खुसी लाग्ने गरेको बताउँछिन । अहिले यहाँका बासिन्दाको अतिरिक्त आम्दानी मात्रै नभई कतिपय महिलाले आफ्नै पेवा आम्दानीको रुपमा समेत फूल खेती गरेर बजार विस्तार भएको छ । वडास्तरीय अपाङ्ग समन्वय समितिकी अध्यक्षसमेत रहेकी स्वं नगरकोटीको छोरी उर्मिला नगरकोटी यतिखेर यहाँका महिलालाई खर्चका लागि छोरा वा श्रीमानको आशामा गर्नुपर्ने अवस्था नरहेको बताउँछिन । 

घरखर्चका लागि ऋण समेत नपत्याउनेहरु फूलखेतीबाटै बुबाले तीन, चार लाखसम्म कमाउन थालेपछि भने ऋण पुर्‍याउन आउने गरेको स्मरण गर्दै उनले बुबाको देहान्तपछि पनि घरका १० जनाको परिवारले फूलखेती र पसलबाटै राम्रो आम्दानी गरिरहेको उनि बताउँछिन । फागुनमा बेर्ना राखि चैत्रमा रोपेपछि असारदेखि फूल्न थाल्छ । हप्तामा एकपटक फूल टिप्दै निरन्तर चार महिनासम्म टिप्न मिल्छ । अहिले यो ठाउँमा सयपत्री १२ महिना फुलाउने गरी खेती भइरहेको छ । 

किसानलाई नगरपालिकाको ८० प्रतिशत अनुदान

गुण्डुमा पुष्प व्यवसाय निकै राम्रो भएपछि सूर्यविनायक नगरपालिकाले फूलखेतीको पकेट क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्दै स्थानीय किसानका लागि २०७५ सालदेखि सयपत्री फूलका बेर्ना अनुदानस्वरुप वितरण सुरु गरेको वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता सापकोटा बताउँछन । नगरपालिकाले सानाकिसान कृषि सहकारी संस्थामार्फत सयपत्री फूलको बेर्ना उत्पादन गरी १० रुपियाँ पर्न बिरुवालाई आठ रुपियाँ अनदान दिई वितरण गर्दै आएको बताउँदै उनले यसवर्ष १० लाख बराबराको ५५ हजार बेर्ना स्थानीय तीन सय ७८ परिवारलाई वितरण गरेको बताउँछन् । 

गुण्डुमा मात्रै करिब सात सय रोपनीभन्दा बढी जमिनमा व्यावसायिक फूलखृती भएको बताउँदै उनले भने, “यहाँका महिला किसान फूलखेतीमा आकर्षित छन्, आम्दानीको राम्रो स्रोत र गुण्डुको पहिचान फूलखेतीमा बनेको छ, घरघरमा असारदखि गासेर ५० देखि एकसय वटा मखमली फूलको माला झुत्तो बनाएर राखेर र बोरामा हालेर राखेर तिहार नजिकिएपछि बिक्री बढेको छ ।”

गुण्डुबाट प्रत्येक वर्ष करिब करोडभन्दा बढी फूल र माला बिक्री हुने गरेको बताउँदै उनले यसवर्ष पनि सोही अनुपातमा फल बिक्री हुने बताए । फूलको व्यापारमा पनि बिचौलिया हाबी भएको भन्दै उनले बिचौलिया रोक्नसके र पुष्प किसान एवम् व्यवसायीलाई सिधै बजार पुर्‍याउन सके अझै आम्दानी बढ्ने उनि बताउँछन् । 

यसो भन्छन् स्थानीय पुष्प व्यवसायी  

स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात साढे दुई रोपनी जग्गामा गरेको फूलखेती गरेको बताउँछिन । एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी हुने बताउँदै उनले असार महिनादेखि नै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको बताउँछिन । महिनामा चार पटकसम्म फूल टिप्न मिल्छ भने छ महिनाभन्दा बढी फूलले उत्पादन दिन्छ । 

असारदेखि मङ्सिरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशका लागि बिक्री गर्ने गरेको उनि बताउँछिन् । सयपत्री फूल पनि असार साउनदेखि उत्पादन दिने गर्छ । मन्दिर र पूजाका लागि असारदेखि नै बिक्री हुने सयपत्री फूल मङ्सिर पुससम्म पनि बिक्री गर्न सकिने उनको भनाइ छ । 

सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँचवटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु १० देखि रु १५ सम्ममा बिक्री हुने गरेको उनले बताइन । सयपत्री फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङ्मा करिब तीन पाथीभन्दा बढी हुन्छ । किसानले ढ्वाङ्को पाँच सयदखि सात सय रुपैयाँसम्ममा र किलोमा जाखेर बिक्री गर्दा किलोको रु एक सय ५० सम्म लिने गरेका छन् । स्थानीयभन्दा उन्नत (हाइब्रिड) सयपत्री फूलको भने व्यापारीले बढी मूल्य तिर्ने गर्छन् । 

यस वर्ष तिहार नजिकिए पनि व्यापारी विगत वर्षको तुलनामा कम आएको भन्दै उनले गत वर्षभन्दा व्यापार कम भएको र विदेश निर्यात पनि यस वर्ष कम हुने देखिएको बताइन । यहाँका कृषकले वर्षमा कम्तीमा पनि पाँचसय देखि १० हजारसम्म माला उनेर बिक्री गर्ने गरेका छन् । गतवर्ष घरबाटै २० देखि २५ रुपैयाँमा बिक्री गरेको माला यसवर्ष पनि सोही मूल्यमा बिक्री भएको छ । घरमै आउने व्यापारीलाई बिक्री गर्दा मखमली फूलको एउटा माला रु २० देखि रु २२ मै बिक्री हुने भए पनि बजारमा लैजाँदा व्यापारीलाई रु ४० सम्ममा बिक्री गर्ने र यही माला खुद्रा बजार पुर्‍याउनसके रु ५० सम्म आउने पुष्प व्यवसायी बस्नेत बताउँछन । 

घरघरमै आउँछन् फूल किन्न व्यापारी

दसैँ सकिएपछि घरघरमा फूल किन्न व्यापारीहरु आउने गरेकाले यहाँका कृषकलाई बजार पाउन सहज भएको छ । घरमा आउने व्यापारीलाई बजार मूल्यभन्दा ३० देखि ४० प्रतिशत सस्तोमा फूल तथा माला बिक्री गर्ने गरेका छन् । गतवर्ष १५ सय माला बिक्री गरेकी स्थानीय मिना नगरकोटीले यसवर्ष एक रोपनी जग्गामा फूलखेती गरेको बताउँदै यसवर्ष पनि गाउँमै आएको व्यापारीलाई फूल माला बिक्री गरेको बताइन । 

एक रोपनी क्षेत्रफलमा लगाएको मखमली फूलबाट ८० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उनि बताउँछिन । फूललाई रोगबाट जोगाउन सके राम्रो आम्दानी गर्न सकिने भन्दै उनले गुण्डुमा सयपत्रीका विभिन्न जात र मखमलीलगायत अन्य फूलहरुको समेत खेती सुरु भएको बताइन । अहिले दैनिक १० हजार मखमली फूलको माला व्यापारीले गाउँमै आएर लाने गरेको उनले बताइ । 

गुन्डुमा आठ वर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेको उनले माला खोज्न व्यापारीहरू गाउँ पसेपछि यहाँका बासिन्दाले पर्म लगाएर भए पनि माला उन्ने गरेको बताइन । यहाँका बासिन्दाले दसैँ सकिएपछि माला गाँस्न पर्म लगाउने र खेताला लगाउने गरेका छन् । खेताला लगाउँदा एउटा मालाको पाँच रुपियाँ ज्याला दिने गरेका छन् । ज्यालामा माला उन्न स्कुल सिध्याएका बालबालिका धेरै आकर्षित हुने गरेको उनि बताउँछिन । कतिपयले गाउँ आएका व्यापारीलाई माला तथा फूल बिक्री गर्छन् भने कतिपयले व्यापारीसँग सम्पर्क गरी बजारमै पुर्‍याउने गरेका छन् । असारदेखि फूल टिपेर गाँसेर झुत्तो बनाएर राखेको मखमली फलको माला तिहार नजिकिएपछि बिक्री हुने गरेको उनको भनाइ छ । 

अन्तर्राष्ट्रिय बजारमा पुग्छन् माला

स्थानीय बजारमा मात्र नभई यहाँका फूलमाला अन्तर्राष्ट्रिय बजारमा पनि पुग्ने गर्दछ । सयपत्रीभन्दा मखमली फूल र माला अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेका छन् । पछिल्ला केही वर्षयता सयपत्री फूल पनि अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको व्यवसायी बस्नेत बताउँछिन । 

भारतीय फूलले बजार ओगटिरहेको बेलामा यहाँका फूल भने अमेरिकादेखि अस्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवम् स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फूलेका फूललाई अमेरिकादेखि अस्ट्रेलियासम्म पुर्‍याउन पाउँदा खुसी लागेको बताउँछिन । उनले भनिन्, “केहीवर्षदेखि अन्तर्राष्ट्रिय बजारका व्यापारीमार्फत यहाँका फूल तथा माला पुर्‍याउने गरेको छु । मेरो उत्पादनले मात्रै नपुग्दा अरु किसानका उत्पादन पनि खरिद गरेर विदेशका लागि व्यापारीलाई फूल तथा माला पठाउँछु ।” सम्पर्क व्यक्तिमार्फत यहाँको फूल तथा माला अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायत विभिन्न देशमा पुर्‍याइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: