काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरिब जनताले मार खेप्नुपरेको बताए । उनले स्वास्थ्यमा गरिब जनताको पहुँच पुग्नेगरी यस क्षेत्रलाई व्यवस्थित गर्न सरकार दत्तचित्त भएर लागेको स्पष्ट पारे ।
लमजुङ बेँसीसहर नगरपालिका–२ काफलडाँडा चिसापानीमा गाउँसहर स्वाथ्यचौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले नेपालमै किड्नी फेर्नेदेखि कलेजोको उपचार हुने गरे पनि धेरै महँगो भएको बताए । उनले किड्नी र कलेजोजस्ता उपचारमा जनताको पहुँच पुर्याउन सरकारले लागिपरेको बताए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, “सरकार नागरिकको स्वाथ्यप्रति गम्भीर भएकाले गाउँगाउँमा सेवा पुर्याउन प्रतिबद्ध छ । उपचार सेवा कसरी सस्तो बनाउन सकिन्छ, शुल्क घटाएर वा सरकार आफैँले बेहोरेर भन्ने विषयमा छलफल भइरहेको छ ।” जनताको जीवन बचाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता राखिएको स्पष्ट पारे । उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नेतर्फ सरकार लागिरहेको जानकारी दिए ।
शिक्षा क्षेत्रमा सरकारको ठूलो लगानी भए पनि यस क्षेत्र व्यवस्थित हुन नसकेको भन्दै मन्त्री गुरुङले बसाइँ सराइलगायतका कारण गाउँगाउँका विद्यालयमा विद्यार्थी टिकाउन समस्या भइरहेकाले त्यसका लागि सरकारले आकर्षक योजना ल्याउने उल्लेख गरे । गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले नवनिर्मित स्वाथ्यचौकी भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनुपर्नेमा जोड दिए । उनले अभिभावकले आफ्ना छोराछोरीका लागि पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्यमा ध्यानदिनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: