विराटनगर । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन उपयोग भएको यथेष्ट प्रमाण बिनै उद्योगहरूको नाममा बक्यौता रकम देखाई विद्युत् लाइन काटेको प्रति मोरङ उद्योग व्यापार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयलाई थप जटिल नबनाई हाललाई काटिएका उद्योगहरूका लाइन तत्कालै जडान गर्न संघले माग गरेको हो ।
उद्योगहरूले आफूले उपयोग गरेको विद्युत्को महसुल अनिवार्य रूपमा तिर्नु नै पर्ने स्पष्ट मान्यता रहेको संघले स्पष्ट पारेको छ । उद्योगहरूले उपयोग गरेको यथेष्ट प्रमाणसहितको बिल प्राप्त गरे उद्योगहरूले त्यस्ता बक्यौता रकम भुक्तानी गरिदिने प्रतिबद्धता समेत जाहेर गरेको संघले स्मरण गराएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, सो विषयको सत्य तथ्य अध्ययन गरी समाधानका लागि नेपाल सरकारद्वारा जाँचबुझ आयोग ऐन अन्तरगत सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालज्यूको अध्यक्षतामा गठित लाल आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत गत वैशाख २७ गते निर्देशन दिई सकेकोमा सो प्रतिवेदनलाई अक्षरशः लागू गरी यस विषयलाई थप जटिल नबनाई हाललाई काटिएका उद्योगहरूका लाइन तत्कालै जडान गर्न तथा सम्बन्धित निकाय र सरोकारवालाहरू बिच बैठक बसी आवश्यक छलफल गरेर समाधानका उपाय निकाल्न सम्बन्धित सबै पक्षमा यो संघ यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछ ।’
राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको उद्योग क्षेत्रमा बारम्बार विद्युत् लाइन काट्ने जस्ता अस्वाभाविक कार्यले उद्योगको संचालन क्षमतामा ह्रास आउने बताउँदै संघले उद्योगीहरू प्रताडित हुने एवं उद्योगको लगानी, सोमा आश्रित श्रमिकहरूको रोजगारी तथा समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्ने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: