उदयपुर । जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ । पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या हुने गरेको हो ।
अस्पतालका चिकित्सक तथा कर्मचारीका अनुसार पटक–पटक विद्युत् आपूर्ति बन्द हुने समस्याले उपचारमा सास्ती हुने गरेको हो । अस्पतालका प्रमुख डा वीरेन्द्रकुमार मण्डलका अनुसार विद्युत् गएका समयमा तत्काल प्रयोग गर्ने जेनेरेटर नहुँदा समस्या भएको भन्दै पुरानो जेनेरेटर पनि बिग्रिएर थन्किएको छ ।
करिब १५ वर्ष अघि खरिद गरिएको जेनेरेटर बिग्रेको भन्दै प्रमुख डा मण्डलले अस्पताल विकास व्यवस्थापन समिति तथा सरोकार भएका निकायबाट नयाँ जेनेरेटर व्यवस्थापनमा पहल नहुँदा समस्या भइरहेको बताए । विद्युत् आपूति बन्दा भएका बेला जेनेरेटर नहुँदा अस्पतालको शव गृहमा शव राख्न, राति आकस्मिक उपचार सेवा लिन आउने बिरामी तथा कुरुवालाइ सास्ती हुने गरेको छ ।
अस्पतालमा डेङ्गीको उपचार गरेर घर फर्किएका त्रियुगा नगरपालिका–३ का राजन कार्कीले भने, 'रातिको समयमा पटक–पटक विद्युत् जाने समस्या छ । सो समयमा जेनेरेटर नहुँदा अस्पताल अन्धकारमय हुन्थ्यो । एकहप्ता अस्पताल बस्दा राति अध्यारोमा शौचालय जान, औषधि सेवन गर्नलगायत काममा समस्या हुने गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष भागवत राउतले अस्पतालमा जेनेरेटर व्यवस्थापन गर्न स्थानीय प्रशासनले पहल गर्नुपर्ने बताए । 'एक महिनाअघि एकजना आफन्तको सवारी दुर्घटनामा मृत्यु भएपछि चार दिनसम्म शव गृहमा शव राख्नपर्ने बाध्यता आयो, पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा समस्या भएपछि टोल विकास समितिको जेनेरेटर ल्याएर अस्पतालमा शव राखेका थियौँ,' उनले भने ।
जिल्ला अस्पतालमा जेनेरेटर नहुँदा सेवा प्रवाह प्रभावित भइरहेको भन्दै स्थानीय सरकार, सरोकार भएका निकाय तथा राजनीतिक दलले जेनेरेटर व्यवस्थापनमा पहल गर्नुपर्नेमा अध्यक्ष राउतले जोड दिए । पन्ध्र वर्ष अघि खरिद गरिएको जेनेरेटर छ वर्षदेखि बिग्रिएर थन्किएको अस्पतालका प्रमुख डा मण्डलले बताए । जिल्ला अस्पतालको कार्यभार सम्हाल्न केहीदिन अघि मात्र यहाँ आइपुग्नुभएका प्रमुख डा मण्डलले भने, 'अस्पतालमा विभिन्न समस्यामध्ये जेनेरेटर व्यवस्थापन जटिल समस्या बनेको छ । समस्या समाधानका लागि प्रदेश सरकार र मन्त्रालयसँग पहल गर्नेछु ।' उनले दुई महिनाभित्र समस्या समाधान हुने जनाए ।
प्रमुख डा मण्डलले नयाँ जेनेरेटर खरिद गर्न ५० लाख बजेट आवश्यक पर्ने भन्दै उक्त रकम अस्पतालसँग नभएकाले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा सङ्घीय स्वास्थ्य मन्त्रालयले सहयोग गर्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: