सिरहा । लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि दुई लाख मूल्य बराबरका कृषि सामग्री प्रदान गरिएको छ ।
लहान नगरपालिका, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्य तथा केयर नेपाल र जेओएको आर्थिक सहयोगमा सञ्चालित संरक्षण परियोजनाअन्तर्गत उक्त सामग्री नगरप्रमुख महेशप्रसाद चौधरीले किसानलाई हस्तान्तरण गरे ।
कृषि सामग्रीमा ११ प्रजातिका तरकारीको बीउ, इलेक्ट्रिक स्प्रेयर, ड्रम, समरसेवल मोटर, पिभिसी पाइप, डेलिभरी पाइप र झोल मल बनाउने सामग्रीलगायत छन् । उक्त जैविक झोल मलले कुनै रासायानिक मल र विषादीको आवश्यक्ता नपर्ने बताइएको छ ।
कृषि सामग्री वितरणपछि किसानको व्यावसायिक खेतीप्रणालीको प्रवर्द्धन हुनुका साथै विषादीरहित तरकारी उत्पादनले मानव स्वास्थमा सकारात्मक प्रभाव पार्ने नगरप्रमुख चौधरीले बताए । 'कृषि क्षेत्रको विकास गरी समुन्नत नगर बनाउने लक्षसहित विभिन्न संस्थाको सहकार्यमा किसानलाई सहयोग गरिरहेका छौँ । यी सामग्री पनि यसैको निरन्तरता हो,' नगरप्रमुख चौधरीले भने, 'यी वातारणमैत्री कृषि सामग्रीले उत्पादन अभिवृद्धिका साथै आम उपभोक्ताको स्वास्थ्यमा कुनै हानी गर्नेछैन ।'
कृषिको व्यावसायीकरण र बजारीकरणलाई नगरपालिकाले प्राथमिकता दिएको पनि नगरप्रमुख चौधरीले जानकारी दिए । त्यसैगरी कार्यक्रममा लहान नगर उपप्रमुख रामचलितर महतो, वडा नं १२ का वडाध्यक्ष तथा नगरपालिकाका कृषि शाखा संयोजक बद्रीनारायण चौधरी, वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले नगरक्षेत्रमा कृषिमा आश्रित जनसङ्ख्या ठूलो भएकाले जलवायु परिवर्तनको असर र प्रभावलाई मध्यनजर गर्दै वातावरणमैत्री उत्पादन गर्नुपर्नेमा जोड दिए ।
संरक्षण परियोजनाअन्तर्गत स्थानीय किसानको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले विगत एक वर्षदेखि लहानका नौवटा सामुदायिक वन र ३२ वटा कृषक समूह निर्माण गरी सात सय ५० घरपरिवारमा प्रत्यक्ष जोडिएर काम गरिरहेको कार्यक्रमका व्यवस्थापक जगदीश भट्टले बताए । यसअन्तर्गत वन व्यवस्थापन, जलाधार क्षेत्र संरक्षण र नदी कटान नियन्त्रण रहेका छन। त्यसैगरी स्थानीय किसानको आयआर्जनका लागि माछापालन र पशुपालनमा पनि जोड दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: