Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

हिंस्रक खलनायक बन्दै नवाजुद्दीन सिद्दिकी

खबरडबली संवाददाता

काठमाडौं । आगामी भ्याम्पायर कमेडी चलचित्र ‘थम्बा’ मा खलनायकको भूमिकामा नवाजुद्दीन सिद्दिकीलाई समावेश गरिएको छ । 

आयुष्मान खुराना र रश्मिका मन्डन्ना अभिनीत यो फिल्म निर्माता दिनेश विजनको हरर कमेडी सिरिजको एक हिस्सा हो । यो खबर यस्तो बेला आएको हो जब गत महिना आयोजनाको नाम ‘भ्याम्पायर्स अफ विजय नगर’ बाट ‘थाम्बा’ राखिएको थियो । 

फिल्म 'थाम्बा' मा नवाजुद्दीन सिद्दिकीको चरित्रलाई विलक्षण र हिंस्रकको रूपमा वर्णन गरिएको छ, जो प्राचीन विजयनगर साम्राज्यको हो । रिपोर्टहरूका अनुसार, नवाजुद्दीनको खलनायकको चरित्र शताब्दीयौं पहिले बाँचेको विलक्षण, तर हिंसात्मक चरित्रको रूपमा परिकल्पना गरिएको छ । उनी बदला लिन र दुई मुख्य पात्रहरूको भाग्य नियन्त्रण गर्न वर्तमानमा यात्रा गर्छन् । 

‘थाम्बा’का मुख्य कलाकारहरुले आ–आफ्नो भूमिकाको तयारी सुरु गरेका छन् । रश्मिका मन्डन्नाको लुक टेस्ट गत महिना भएको थियो भने खुरानाको बिहीबार भएको थियो । आदित्य सरपोतदारले निर्देशन गरेको यो फिल्मको शुटिंग नोभेम्बरको अन्त्य वा डिसेम्बरको सुरुमा हुने बताइएको छ । पहिलो दुई हप्ताको कार्यक्रम मुम्बईमा रात्रि शिफ्टबाट सुरु हुनेछ, त्यसपछि जनवरीमा दिल्लीमा र दक्षिण भारतमा अन्तिम शुटिंग हुनेछ । 

नवाजुद्दीन धेरै फिल्ममा खलनायक बनेका छन् २०१५ को बदलापुर, २०१७ को मुन्ना माइकल, २०१४ को किक र २०१९ को पेट्टामा खलनायकको भूमिका निर्वाह गरेका नवाजुद्दीन सिद्दिकीका लागि यस फिल्ममा भिलेनको भूमिका खेल्नु रोमाञ्चक चुनौती हुनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending