काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्सको विरोध भएको छ । राजा चार्ल्स सोमबार अस्ट्रेलियाको संसदमा सम्बोधन गर्न पुगेका थिए । यसै क्रममा एक सिनेटर लिडिया थोरपेले राजा चार्ल्सको विरुद्धमा नारा लगाएकी थिइन् ।
उनले नारा लगाउदै तिमी आफुहरुको राजा नभएको बताएकी थिइन् । सिनेटर थोरपेले भनिन्, 'तिमी हत्यारा हौ, तिमीले हाम्रा जनताको नरसंहार गरेका छौ ।' उनले राजा चार्ल्सलाई आफ्नो भूमि, पुर्खाको हड्डी र कलाकृतिहरू मूल निवासीहरूलाई फिर्ता गर्न आग्रह समेत गरेकी थिइन् । साथै सिनेटर लिडियाले बेलायती साम्राज्यले आफ्नो भूमि बर्बाद गरेको भन्दै नारा लगाएकी थिइन् ।
राजा चार्ल्सको विरोधमा उत्रिएकी लिडिया परम्परागत लुगा लगाएर संसद पुगेकी थिइन् । नाराबाजीपछि सुरक्षाकर्मीले उनीहरुलाई संसदबाट बाहिर निकालेका थिए । संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै लिडियाले अष्ट्रेलियाको औपचारिक प्रमुख राजा रहुन्जेल बेलायती साम्राज्यको विरोध गरिरहने बताइन् ।
उनले अरु देशका राजाले आफुलाई आदेश दिन नसक्ने बताइन् । लिडिया थोरपे अस्ट्रेलियाको भिक्टोरिया राज्यबाट स्वतन्त्र सिनेटर हुन् । उनी बेलायती राजतन्त्रको विरुद्धमा बोल्ने व्यक्तिको रूपमा परिचित छन् । सन् २०२२ मा सिनेटरको सपथ लिँदा उनले बेलायती राजालाई 'औपनिवेशिक महामहिम' भनेर सम्बोधन गरेकी थिइन् । यसपछि उनलाई फेरि सपथ लिन भनिएको थियो ।
राजा चार्ल्स क्यान्सरबाट निको भएपछि आफ्नो पहिलो विदेश भ्रमणमा छन् । उनको यो भ्रमणमा उनकी पत्नी रानी क्यामिला पनि साथमा छिन् । अस्ट्रेलिया सन् १९८६ मा स्वतन्त्र भएको थियो । तर त्यहाँ संवैधानिक राजतन्त्र कायमै छ । अष्ट्रेलियामा बेलायती राजालाई औपचारिक रूपमा राज्यको प्रमुख मानिन्छ ।
यद्यपि, १९९९ जनमत संग्रहमा अस्ट्रेलियाली जनताले अष्ट्रेलियालाई ब्रिटिश साम्राज्यको डोमिनियन राज्य बनाउने प्रस्तावलाई अस्वीकार गरेका थिए । सन् २०२२ मा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि बेलायती साम्राज्यसँगको सम्बन्ध तोड्ने बहसले फेरि गति लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: