जनकपुर । मधेस प्रदेश सरकार लामो समयदेखि प्रमुख सचिवविहीन भएको छ । प्रदेशमा प्रमुख सचिव अनुपस्थित हुँदा सरकारको कामकाज प्रभावित भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार प्रमुख सचिव लोकनाथ पौडेल झण्डै डेढ महिनादेखि कार्यालय बाहिर छन् । करिब ७/८ दिनको तालिमका लागि २७ भदौमा बिदामा गएदेखि प्रमुख सचिव पौडेल अहिलेसम्म अनुपस्थित नभएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले जनाएको छ । प्रमुख सचिव पौडेलले अख्तियारी दिएर नजाँदा प्रदेश सरकारको कामकाज ठप्प हुनुको साथै सेवाग्राहीलाई समेत मर्का परिरहेको गुनासो छ ।
प्रदेश सांसद श्याम पटेलले भने, ‘प्रमुख सचिवज्यू नहुँदा धेरै काम प्रभावित भएको छ, कुनै पनि सरकारी काम गराउन जाँदा उहाँ नभएपछि त्यो काम हुन सकिरहेको छैन । जसकारण जनताका धेरै कामहरू प्रक्रियामा छन्, कतिपय ठाउँमा हामीले गालीसमेत खानु परिरहेको छ । तैपनि प्रमुख सचिवज्यूको अत्तोपत्तो छैन ।’ उनले प्रदेशमा नबस्ने भए ठाउँ कब्जा नगर्न आग्रह गरे ।
नाम नराख्ने सर्तमा एक सेवाग्राहीले भने, ‘मेरो सरुवाको पत्र तयार पार्नु छ, तर प्रमुख सचिवज्यू नभइदिएर मलाई समस्या भइरहेको छ । किनकि, त्यो पत्र बनाउने अख्तियारी निमित्तज्यूलाई छैन, जसको कारण मेरो काम रोकिएको छ ।’ प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रमुख सचिव एक साताका लागि बाहिर गएको स्वीकारे गरे । तर अहिलेसम्म कार्यालयमा नआएको उनी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: