सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुवनी जिल्ला खुटौना पिपराही निवासी २८ वर्षीय मो। सादर नट रहेका छन्। उनलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानबाट शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा मोटरसाइकलको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको खुलेको छ।
दुर्घटनामा मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी १४ वर्षीय मो। सादिक रहेका छन्।
प्रहरीका अनुसार यो घटना केवल सवारी दुर्घटना हो वा यसमा अन्य आपराधिक पक्षसमेत जोडिएको छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
बुधबार साँझ करिब ७ बजे प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा खटिएको टोलीले बिसनपुर–बोदेबरसाइन सडकखण्डमा शङ्कास्पद मोटरसाइकललाई पछ्याएको थियो।
बीआर ३२ बी ९७६४ नम्बरको अपाचे मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर पश्चिम–दक्षिणतर्फ बोदेबरसाइन नगरपालिका–२ हुँदै खडक नगरपालिका–१ स्थित दिनाभद्री थान नजिक शव फालेर भाग्ने प्रयास गरेका थिए। स्थानीयवासीको सहयोगमा प्रहरीले मो। सादर नटलाई पक्राउ गरेको हो।
घटनामा संलग्न फरार व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। साथै घटनाको सबै पक्षबाट विस्तृत अनुसन्धान भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...
आषाढ़ ३२ गते, २०८३ - १५:३८
सिद्धार्थनगर। रूपन्देहीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत रूपन्देहीको ओमसतिया गाउँ...
आषाढ़ ३२ गते, २०८३ - १५:२५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्...
आषाढ़ ३२ गते, २०८३ - १४:४६
काठमाडौं । अभिनेत्री प्रियंका कार्की निर्मित चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीत विवादमा परेको छ। गायक दुर्गेश थापा र प्...
आषाढ़ ३२ गते, २०८३ - १४:३६
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएको छन् ।...



प्रतिकृया लेख्नुहोस्: