Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

गाजाका एक हजार महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने: डब्ल्यूएचओ

खबरडबली संवाददाता

कोपेनहेगन । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोप शाखाका प्रमुखले गाजाबाट एक हजार महिला तथा बालबालिकालाई चाँडै नै युरोप ल्याइने बताएका छन् । युद्धले तहसनहस भएको प्यालेस्टाइनी भूभागलाई घेरेको इजरायलले आगामी केही महिनाभित्र थप एक हजार चिकित्सकीय उद्धारका लागि युरोपेली सङ्घलाई सहयोग गर्न प्रतिबद्ध रहेको हान्स क्लुजले एएफपीलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।

उनले संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकाय डब्लुएचओ र यसमा संलग्न युरोपेली मुलुकले उद्धारमा सहजीकरण गर्ने बताए । बिहीबार संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले इजरायलले गाजाका स्वास्थ्य संस्थाहरूलाई जानाजानी निशाना बनाएको र त्यहाँका स्वास्थ्यकर्मीहरूको हत्या र यातना दिइरहेको आरोप लगाएका थिए । कब्जा गरिएका प्यालेस्टाइनी क्षेत्रहरूमा डब्ल्यूएचओका प्रतिनिधि रिक पिपरकोर्नले मे महिनामा गाजाबाट लगभग १० हजार मानिसलाई तत्काल चिकित्सा सेवाको लागि बाहिर निकाल्नु आवश्यक रहेको बताएका थिए ।

सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएयता विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) युरोपले गाजाबाट युरोपका सात वटा देशमा ६०० चिकित्सकीय उद्धारको व्यवस्था गरिसकेको छ । क्लुजले भने, “यदि हामीले वार्ता (खुला) नराखेको भए यो कहिल्यै हुने थिएन ।” “युक्रेनका लागि पनि यही कुरा सत्य हो,” उनले भने । “म सबै साझेदारहरूसँग संवाद (खुला) राखिरहेको छु ।

“अहिले युक्रेनको कब्जामा रहेको क्षेत्र डोनबासमा १५ हजार एचआइभी एड्सका बिरामीले एचआइभी एड्सको औषधि लिइरहेका छन्,” स्वास्थ्यलाई राजनीतिकरण नगर्नुको महत्वमा जोड दिँदै ५५ वर्षीय बेल्जियनले भने । “सबैभन्दा महत्वपूर्ण औषधि शान्ति हो” उनले भने, “द्वन्द्वग्रस्त क्षेत्रमा स्वास्थ्यकर्मीलाई काम गर्न दिनुपरेको छ ।” डब्लुएचओका अनुसार फेब्रुअरी २०२२ मा रूसले आक्रमण गरेयता युक्रेनका स्वास्थ्य केन्द्रहरूमा करिब दुई हजार आक्रमणहरू दर्ता भएका छन् ।

उनले भने, “एक प्रकारको स्वीकार्यता हुन सक्छ तर यसले हरेक पटक आक्रोश पैदा गर्छ ।” “हामी यसको कडा शब्दमा भत्र्सना गरिरहनेछौं ।” क्लुजले युक्रेनमा तेस्रो पटक हुने युद्धको पूर्वसन्ध्यामा चिन्ता व्यक्त गरेका छन् । उनले भने, “नागरिक ऊर्जा ग्रिडको ८० प्रतिशत क्षतिग्रस्त वा नष्ट भएको छ । अस्पतालहरूमा सर्जनहरूले आफ्नो टाउकोमा बत्ती राखेर काम गरिरहेको हामीले देख्यौं, सर्जनहरूले आफ्नो टाउकोमा बत्ती राखेर काम गरिरहेका थिए ।”

“यो जाडो समय बत्तिको अभावमा निकै कठिन हुनेछ,” उनले भने । युरोपको स्वास्थ्य सेवा प्रणालीमा तनाव भएपनि डब्ल्यूएचओको युरोपेली क्षेत्रमा मध्य एसियाली देशहरू पनि सामेल छन् । यहाँका ५३ देशहरू भविष्यको महामारीको तयारीका लागि एकसाथ आउन तयार रहेको उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending