Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

छठ पर्व नजिएसँगै बिक्री हुन थाले बाँसका सामग्री

खबरडबली संवाददाता

जनकपुरधाम । छठ पर्व नजिकिएसँगै डोम समुदाय जो परम्परागत रूपमा बाँसका सामग्री बनाउनमा कुशल मानिन्छ, उनीहरु बाँसका सामग्री बनाउनमा व्यस्त छन् । बाँसका सामग्रीहरू सुपा, डाली, सिज, र दौरा छठको पूजा र अर्घ दिने परम्परामा अत्यन्तै महत्वपूर्ण हुन्छन् । 

डोम समुदायका मानिसहरू वर्षभरि बाँसका विभिन्न सामग्रीहरू बनाउँछन्, तर छठ पर्वको समयमा यी सामग्रीहरूको माग धेरै बढ्ने गर्दा उनीहरु अहिले सम्पूर्ण परिवार सामग्री बनाउनमा लागेका छन् । विशेषगरी छठ पर्वको समयमा उनीहरूको व्यवसायमा वृद्धि हुन्छ, जसले गर्दा उनीहरू रातदिन यी सामग्रीहरू बनाउँदै विक्री गर्ने कार्यमा लागि पर्छन् । बाँसबाट बनेको नाङलो, डालो जस्ता सामग्रीहरूको छठको विशेष पूजा विधिमा महत्वपूर्ण भूमिका हुने भएकाले, यी सामग्री बिना छठको पूजा अधुरो मानिन्छ । 

यस्तै जनकपुरधाम उपमहानगरपालिका ७ की लिलम मल्लिकका पाँच जना परिवारका पाँचै जना सदस्य यतिबेला बाँसका सामग्री बनाउनमा व्यस्त छन् । उनीहरु कोहीले बाँस काट्ने, कोहीले ताछ्ने र कोहीले बनाउने काम गर्दैछन् । लिलम भन्छन्, “पहिले हाम्रो समुदाय यसै पेसामा निर्भर हुन्थ्यो, अहिले माग घटेका कारण विशेषगरी छठका बेला मात्र सामग्री तयार पारिन्छ । पहिला बाबा, दादाहरुले आफैँ बनाउने र बेच्ने गर्नुहुन्थ्यो । तर, अहिले हामीले बनाउने मात्र गर्छौ, बेच्ने समयलाई सदुपयोग गर्दै, सामग्री बनाउनमा लगाउछौं ।” आजकाल कतिपय  व्रतालुले पित्तलका सामग्री प्रयोग गर्न थालेपछि बाँसका सामग्रीको प्रयोग घट्दै गएका कारण माग पनि घटेको उनको बुझाइ छ । 

एक सिजनमा बाँसबाट बनेका सामग्रीबाट ७-८ हजार रुपियाँ कमाई हुने लिलमको भनाइ छ । पहिला सहजै र कम मूल्यमा बाँस खरिद गर्न पाइन्थ्यो तर, अहिले बाँस पनि बाहिरबाट आउँछ, र महँगो पनि छ, यसरी बाँस उत्पादन र प्रयोग कमी आउँदा हाम्रो परम्परागत पेशामा लुप्त हुने डर पनि बढेको उनि बताउँछन् । सातादिन अघिदेखि नै जनकपुरधामको पेठिया बजारमा छठका लागि बाँसका सामग्री लामलस्कर राखेर बेच्न थालिएको छ । जहाँ जिल्लाबाट मात्र नभएर जिल्ला बाहीरबाट पनि बाँसका सामग्री मगाउने गरिन्छ ।

डोम समुदायका लागि यो पर्व उनीहरूको आर्थिक उपार्जनको ठूलो स्रोत पनि हो, किनकि बाँसका सामग्रीको माग छठका बेला अत्यधिक हुन्छ । यसले उनीहरूलाई आर्थिक लाभ दिलाउनुका साथै उनीहरूको परम्परागत कौशललाई जगेर्ना गर्न सहयोग गर्छ । डोम समुदायको सिपलाई सांस्कृतिक सम्पदाको रूपमा मात्र नभएर आर्थिक अवसरका रूपमा पनि हेर्नुपर्छ । यसका लागि सरकारी नीतिहरू र कार्यक्रमहरूमा उनीहरूको सहभागिता र समर्थन आवश्यक छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: