Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

नयाँ प्रतिबन्ध अनुगमन टोली ‘गैरकानूनी’: उत्तर कोरिया

खबरडबली संवाददाता

सोल । उत्तर कोरियाका शीर्ष कूटनीतिज्ञले आइतबार संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नयाँ प्रतिबन्ध अनुगमन टोलीलाई ‘गैरकानूनी र अवैध’ भन्दै आलोचना गरेका छन् । उनले टोलीमा संलग्न देशहरूले ‘ठूलो मूल्य’ चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् । 

मार्चमा रुसले उत्तर कोरियामाथि उसको प्रतिबन्धित परमाणु र हतियार कार्यक्रमका लागि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूको प्यानलको नवीकरणमाथि भिटो लगाएपछि यस महिनाको प्रारम्भमा ११ सदस्यीय टोलीको नाम दिइएको थियो । 

रुसी भिटोपछि दक्षिण कोरिया र यसका सहयोगीहरूले प्रतिबन्धहरूको अनुगमन गर्न विभिन्न विधिहरू लागू गर्न काम गरेका छन् । यसबाट अमेरिका र जापानसहितको नयाँ समूहको गठन भएको छ । “यस्तो अनुगमन प्रणाली ‘पूर्ण रूपमा गैरकानूनी र अवैध’ छ”, उत्तर कोरियाका विदेशमन्त्री चोए सोन हुईले आइतबार कोरियन सेन्ट्रल न्यूज एजेन्सीद्वारा प्रकाशित एक विज्ञप्तिमा भने, “यसको अस्तित्व आफैँमा संयुक्त राष्ट्रसङ्घको बडापत्रको खण्डन हो ।”

यो आलोचना दक्षिण कोरियाको जासुसी निकायको एक रिपोर्टपछि आएको छ । उक्त रिपोर्टमा उत्तर कोरियाले युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न ‘ठूलो स्तरमा’ सैनिक तैनाथी पठाएको र एक हजार पाँच सय विशेष बलहरू पहिले नै रुसमा प्रशिक्षण गरिरहेको बताइएको छ । प्योङयाङले किएभविरुद्ध प्रयोग गर्न मस्कोलाई हतियार पठाइरहेको पनि सोलले दाबी गरेको छ । 

मन्त्री चोएले आइतबारको विज्ञप्तिमा कथित तैनाथीको बारेमा उल्लेख गरेको छैन । प्योङयाङले यसअघि नै रुससँग प्रतिबन्ध उल्लङ्घन गर्ने कुनै पनि हतियार व्यापारलाई अस्वीकार गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending