वासिङ्टन । अमेरिकाले इरानविरुद्ध सम्भावित जवाबी आक्रमणको लागि इजरायलको उच्च वर्गीकृत गोप्य योजना चुहावटबारे अनुसन्धान गरिरहेको परिस्थितिसँग परिचित तीन जना व्यक्तिबाट प्राप्त जानकारी अनुसार सिएनएनले जनाएको छ ।
यी स्रोतहरू मध्ये एकले उक्त दस्तावेजको प्रामाणिकतालाई पुष्टि गरेको छ । एक अमेरिकी अधिकारीले उक्त गोप्य सुचना चुहावटलाई गम्भिर चिन्ताको विषयको रुपमा वर्णन गरेको अमेरिकी समाचार माध्यमले जनाएको छ । टेलिग्राममा “मिडल इस्ट स्पेक्टेटर” नामक खाताद्वारा पोस्ट गरिसकेपछि अक्टोबर १५ र १६ का कागजातहरू शुक्रबार अनलाइन प्रसारित हुन थाले । अत्यन्तै गोप्य रूपमा चिह्नित उक्त कागजात केवल अमेरिका र यसको “फाइभ आइज” साझेदारः अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्यका लागि लक्षित थिए ।
यी कागजातले इरानविरुद्ध सैन्य आक्रमणका लागि इजरायलको स्पष्ट तयारीको रूपरेखा प्रस्तुत गर्दछ । ‘नेसनल जियोस्पाटियल–इन्टेलिजेन्स’ विभागबाट प्राप्त एउटा दस्तावेजले यी तयारीको एक हिस्साको रूपमा इजरायलले हतियारबारे विवरण दिएको छ । राष्ट्रिय सुरक्षा विभाग (एनएसए) लाई श्रेय दिइएको अर्को दस्तावेजले आक्रमणको तयारीमा रहेको इजरायली वायु सेनाको अभ्यासलाई समावेश गरेको छ ।
एक अमेरिकी अधिकारीले पेन्टागनको संवेदनशील सामग्रीमा कसलाई पहुँच थियो भन्ने पहिचानमा अनुसन्धान केन्द्रित रहेको सङ्केत गरे । यस्तो चुहावटले स्वचालित रूपमा एफबिआई, पेन्टागन र अमेरिकी गुप्तचर विभागद्वारा संयुक्त अनुसन्धानलाई प्रेरित गर्दछ । एफबिआईले यस अवस्थाबारे टिप्पणी गर्न अस्वीकार गरेको सिएनएनले जनाएको छ ।
त्यसैगरी एउटा दस्तावेजले इजरायलले कहिल्यै सार्वजनिक रूपमा पुष्टि नगरेको आणविक हतियारहरूको अस्तित्वबारे वर्णन गरेको छ । तर, उक्त दस्तावेजमा अमेरिकाले इजरायलले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने योजना बनाएको कुनै प्रमाण नदेखेको उल्लेख गरेको छ । कागजातहरू कसरी बाहिरियो , तिनीहरू ह्याक गरिएको थियो वा जानाजानी सार्वजनिक गरिएको थियो भन्ने स्पष्ट छैन ।
अगस्टमा अमेरिकी गुप्तचर विभागहरूले इरानले डोनाल्ड ट्रम्पको अभियानसँग सम्बन्धित कागजातहरू ह्याक गरेको रिपोर्ट गरेसँगै अमेरिकाले इरानी साइबर अभियानहरूबारे उच्च सतर्कतामा अपनाएको सिएनएनले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: