काठमाडौँ । खुकुरी प्रहारबाट आन्द्रा बाहिर निस्केका एक बिरामीको धरानस्थित बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल उपचार भएको छ ।
आफैँमाथि खुकुरी प्रहार गरी आन्द्रा बाहिर निस्केका धनकुटाको महालक्ष्मी नगरपालिकाका तीस वर्षीय ती व्यक्तिको सफल उपचार भएको प्रतिष्ठानका प्रवक्ता डा अभिजित कुमारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पारिवारिक विवादपछि गत २०८१ भाद्र २९ गते राति करिब १० बजेतिर आत्महत्या गर्ने उद्देश्यले उनले पेटमा खुकुरी प्रहार गरेका थिए । उक्त घटना छिमेकीले थाहा पाएसँगै सुरक्षाकर्मीको रोहवरमा गम्भीर अवस्थामा सुरुमा उनलाई एम्बुलेन्सबाट धनकुटा जिल्ला अस्पतालमा लगियो । त्यहाँबाट उनलाई प्रतिष्ठानमा रेफर गरिएको थियो ।
भदौ ३० गते बिहान ८ बजेतिर प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उनी आन्द्रा बाहिर निक्लिएको अवस्थामा आइपुगेको प्रतिष्ठानको भनाइ छ। ‘निजको आफन्त कोही पनि उपस्थित नरहेकाले प्रहरीसँग समन्वय गरी प्रतिष्ठानको जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभाग, जेनेरल सर्जरी विभाग तथा एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर विभागको टिमले बिरामीको उपचार शुरु ग(यो’, प्रतिष्ठानको विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको रगत निकै बगिसकेकोले निजको अवस्था एकदमै नाजुक रहेको थियो । तर बिरामीको अभिभावक कोही पनि नभएकाले प्राथामिक उपचारका साथै अप्रेसनका लागि अति आवश्यक पर्ने जाँच परीक्षण, रगतको व्यवस्था, औषधी एवम् अप्रेशनमा चाहिने सामाग्रीको व्यवस्था गर्न कठिनाइ भएकोले अस्पताल प्रशासनसँग समन्वय गरी अप्रेसन मिति २०८१ भाद्र ३१ गते गरियो।’
अप्रेसनको क्रममा पेटमा जमेको रगत निकाली कुहिएको आन्द्रा काटी बाँकी आन्द्रा जोडिएको चिकित्सकहरूले जनाएका छन् । अप्रेसनमा करिब ४ घण्टाको समय लागेको बताइएको छ । अप्रेसनको सोह्रौँ दिनमा बिरामीलाई निको बनाएर डिस्चार्ज गरिएको विज्ञप्तिमा उल्लेख छ।
बिरामीको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा लागेको सबै खर्च छुट गरिएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: