म्याग्दी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका सडकहरुमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन् ।
सात वटा वडा रहेको धवलागिरिको गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरवाङ–धारापानी– ताकम–मुना बाहेक अन्य सडकहरु बाढी र पहिराका कारण गत असार महिनाको अन्तिम सातादेखि अवरुद्ध भएका थिए ।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बर्खा रोकिएपछि डोजर परिचालन गरेर पहिरो पन्छाएर सबै सडकमा सहज रुपमा यातायातका साधानहरु ब्यवस्था मिलाएको जानकारी दिए । “सडकमा खसेको पहिरो पन्छाउने, भत्किएको ठाउँमा मर्मत र खोलाहरुमा डाईभर्सन बनाएर सवारी साधन सञ्चालन हुने बनाएका छौ,” उनले भने, “हिन्दू धर्मावलम्बीहरुको प्रमुख चाड दसैँ मनाउन विदेश तथा सहर बजारबाट गाउँ फर्किने सर्वसाधारण गाडी चढेर गाउँमा पुग्न पाएका छन् ।”
सडकमा सवारी साधन सञ्चालन भएपछि स्थानीयबासीलाई आवत जावतका साथै निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी, कृषि तथा पशुजन्य बस्तु बिक्रीका लागि बजार पठाउन सहज भएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडा अध्यक्ष अकप्रसाद बिकले बताए ।
सडक मर्मत भएपछि यातायात कम्पनीहरुले बस, जिप सञ्चालन गरेका छन् । इन्धनको भाउ घटेकाले भाडादर पनि समायोजन गरिएको छ । लुलाङ, खोरीया, लमजुङ, मुना, फलीयागाउँ, दर, मुदी, नाउरा, खिवाङ, मलम्पार, मल्कवाङ, बुल, मराङ, राम्चे, आरवाङ, ताकम, धारापानी, शिवाङ, मच्छिम, हिलापोखरी काफलडाडाको बस्तिका सडक मर्मत गरिएको हो ।
धवलागिरि गाउँपालिकाको वडा नम्बर –१ गुर्जा बाहेकका वडा र सबैजसो बस्तिहरुमा सडक सुविधा पुगेको छ । धवलागिरि–२ लुलाङदेखि गुर्जा जोड्ने सडक आयोजना निर्माणाधीन रहेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: