काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ।
शुक्रबार जारी गरिएको अपिल–२ मार्फत एमालेले संगठन सुदृढीकरण तथा निर्वाचन केन्द्रित नयाँ अभियान सुरु गरेको जनाएको हो।
गत जेठ १० गते सम्पन्न सचिवालय बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको थियो। उक्त अपिलमा कार्यविभाजनको विवरण, पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सन्देश तथा स्थानीय तहसम्म नेताहरू परिचालन गरिएको जानकारी समेटिएको छ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गरेको हो।
उनले भने, “मिसन पार्टी जागरण अभियानअन्तर्गत हामीले स्थानीय तहसम्म नेताहरू परिचालन गरेका छौं।”
आचार्यका अनुसार महानगरपालिका र उपमहानगरपालिकाका वडासम्म पनि केन्द्रबाटै इन्चार्ज तोकेर नेताहरू खटाइएको छ।
स्थानीय तहमा परिचालित हुने नेताहरूमा केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रतिनिधिसभाका उम्मेदवार तथा प्रदेश र जिल्लाका वरिष्ठ नेताहरू रहेका छन्।
आचार्यले भने, “केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकार सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, प्रतिनिधिसभाका उम्मेदवारहरू तथा प्रदेश र जिल्लाका वरिष्ठ नेताहरूलाई परिचालन गरिएको छ।”
एमालेले ‘मिसन पार्टी जागरण’ अभियानमार्फत पालिका तहसम्म संगठनलाई सक्रिय बनाउने लक्ष्य राखेको छ। साथै, केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रदेश, जिल्ला, जनसंगठन र विभिन्न विभागहरूको जिम्मेवारी समेत तोकिएको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - १३:१४
मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...
जेष्ठ १६ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...
जेष्ठ १६ गते, २०८३ - ११:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...
जेष्ठ १६ गते, २०८३ - १०:५८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...
जेष्ठ १६ गते, २०८३ - १०:४५
सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...
जेष्ठ १६ गते, २०८३ - १०:३५
बाजुरा। बाजुराको पूर्वी क्षेत्रमा पछिल्लो समय किसानहरू दाँते ओखर खेतीप्रति आकर्षित बन्दै गएका छन्। कृषि क्षेत्रमा काम गर्दै आएका विभिन्न सरकारी तथा गै...
जेष्ठ १६ गते, २०८३ - १०:२२
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ७७३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु छ लाख ४४ हजार ५०२ राजस्व दाखिला भएक...
जेष्ठ १५ गते, २०८३ - २०:३०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक...
जेष्ठ १५ गते, २०८३ - १७:२९
काठमाडौँ। सरकारले लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष...
जेष्ठ १५ गते, २०८३ - १७:२७
काठमाडौं। सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट...



प्रतिकृया लेख्नुहोस्: