काठमाडौं । दशैँको फूलपातीबाट तीन नेपाली फिल्म ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । ठुला तीन फिल्मको भिडन्तले नेपाली बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ ।
सोमबारबाट यी तिनै फिल्मको मल्टीप्लेक्सहरुमा अग्रिम बुकिङ खुला भैसकेको छ । मल्टीप्लेक्सहरुमा सुपरहिट सिरिज‘छक्का पञ्जा ५’ अन्य दुई फिल्मभन्दा धेरै शोज पाएको छ ।
देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘छक्का पञ्जा ५’ लाई कूल ९० शोज दिएको छ । यस्तै, काठमाडौंका आईएनआई, वान् सिनेमाज्, बिग मुभिज, बिएसआर मुभिज्, एफक्यूब, रञ्जना सिनेप्लेक्ससहित उपत्यकाबाहिरका मल्टीप्लेक्सहरुले पनि ‘छक्का पञ्जा ५’लाई उच्च प्राथमिकतामा राखेका छन् ।
देशभर ‘छक्का पञ्जा ५’ पहिलो दिन करिब ३ सय शोज पाउने सम्भावना दिएको छ । त्यसपछि भने फिल्मप्रति दर्शकको प्रतिक्रियाका आधारमा शोज तय हुने छ ।
त्यसै विराज भट्टको फिल्म ‘१२ गाउँ’ ले क्यूएफएक्स चेनमा ५३ शोज पाएको छ । यस फिल्मले सबै गरेर पहिलो दिन डेढ सयको हाराहारीमा शोज पाउने देखिएको छ । फिल्मको ट्रेलरले दर्शकमा निकै राम्रो उत्साह देखाएको छ भने फिल्मको एड्भान्स बुकिङ पनि राम्रो रहेको छ ।
त्यसैगरी जितु नेपालको फिल्म 'ज्वाइँ साब’ पहिलो दिन देशभर सयको हाराहारीमा शोज पाउने भएको छ । क्यूएफएक्सले फिल्मलाई ४० शोज दिएको छ । त्यस्तै घटस्थापनाबाट रिलिज भएको‘बेहुली फ्रम मेघौली’ को भने फूलपातीबाट शोज कम हुने देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:२७
मनाङ । मनाङ जिल्लाको चामे गाउँपालिका–४ अन्तर्गत पर्ने सिङ्गारखर्क क्षेत्रमा हालै पहिचान भएको ‘काजिनसारा ताल’ वैज्ञानिक अध्ययन र औपचारिक प्रमाणीकरणको ...
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...




प्रतिकृया लेख्नुहोस्: